Websoft University

काँग्रेसले लोकतान्त्रिक चरित्र देखाउन सक्न पर्यो


काठमाण्डौ जेष्ठ १८ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र  पौडैलले राष्ट्रलाई लोकतान्त्रिकरण गर्नुभन्दा पहिले नेपाली काँग्रेसले लोकतान्त्रिक चरित्र देखाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर २ ले विनायकमा आयोजना गरेको जागरण कार्यक्रममा वरिष्ठ नेता पौडैलले पार्टी विधी विधानमा चल्न सकेमा मात्रै अरुलाई आंैला उठाउने ठाउँ रहने बताउनुभयो । सरकार अधिनायकवाद् तर्फ लम्कँदै गरेको हुँदा त्यसलाई रोक्नका लागि काँग्रेस भित्रको अन्तर विरोधको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकार विरुद्व आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले वर्तमान सरकारले स्वतन्त्र निकायमाथि हस्तक्षेप गरेको आरोप पनि लगाउनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि स्वतन्त्र न्यायलयलाई महाअभियोग लगाउने धम्की दिएर स्वतन्त्र निकायमाथि हस्तक्षेप गरेको धारणा व्यक्त गर्नुभयो । 

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.