Websoft University

आफु धुम्रपान नगर्ने अरुलाई पनि धुम्रपान गर्न नदिने



काठमाण्डौ जेष्ठ १८ गते । रातो तारा डट कम,सल्यानको शारदा नगरपालिकाका नागरिकले स्वास्थ्यलाई हानी पु¥याउने धुम्रपान नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले आफुले पनि धुम्रपान नगर्ने र अरुलाई धुम्रपान गर्नु हुँदैन भनेर सचेत बनाउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । स्वास्थ्य जीवनशैली अपनाउने प्रतिबद्धता गरौँ, निरोगी बनौं भन्ने मुल नाराका साथ बिश्व धुम्रपान रहित दिवसको अवसरमा आज सल्यान खलङ्गामा आयोजित कार्यक्रममा उनीहरुले सामुहिक प्रतिबद्धता ब्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी विसाल खड्काले बिगतमा आफुले धुम्रपान गर्दै आएको बताउँदै अबका दिनमा धुम्रपान नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । धुम्रपानले स्वास्थ्यमा हानी गर्ने भएकाले आजका दिन देखि नै धुम्रपान नगर्ने बताउनु भएको हो । यसको सेवनले दम, खोकी,लगाएत क्यान्सर समेत हुने भएकाले यस बारेमा आफु सचेत रहने उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.