Websoft University

म्युजिक भिडियो ‘त्यही केटीले’ आज सार्वजनिक



विराटनगर, मंसिर १५ गते । रातो तारा डट कम,गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकोछ । कर्णराज गिरिले युट्युव मार्फत बजारमा आफ्नो नयाँ म्युजिक भिडियो ‘त्यही केटीले’ सार्वजनिक गरेका हुन् । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ । 

‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्णराज गिरिले ‘त्यही केटीले’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतले दर्शक स्रोताको मन जित्ने उनले विश्वास लिएका छन् । 

‘केहि समय अगाडी परदेशमा रहेका नेपालीलाई आह्वान गर्दै ‘फर्क परदेशी’ बजारमा ल्याए’ गायक कर्णराज गिरिले भने, ‘आज सार्वजनिक भएको गीतले भने युवा पुस्ताको मन जित्ने विश्वास लिएको छु ।’ गीतका शब्द जीवन बिसीका हुन् । 

म्युजिक भिडियोमा नेपालका नाम चलेका मोडल शिल्पा पोखरेल र दुर्गेश थापाको दमदार अभिनय रहेको छ । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् । 

गीतमा गायक कर्णराज गिरिले आँफै संगित भरेका हुन् । क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियो काठमाण्डौ भित्रैको भुगोलाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.