Websoft University

मोरङको डागिहाटमा बिश्व एड्स दिवस मनाइयो



बिराटनगर मंसिर १६ गते । रातो तारा डट कम,मोरङको विभिन्न ठाउमा पनि विश्व एड्स दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसकै अवसरमा हिजो मोरङको बेलबारी नगरपालिकाले गाँउमा एड्स दिवस मनाएकोछ । उत्त दिवशको अबसरमा नगरपालिकाले वडा नम्बर ९ डागिहाटमा र्यालि सहित वडा कार्यालयमा पुगेर चेतना मुलक कार्याक्रम सम्पन्न गरेको छ ।

केही वर्ष अघिसम्म एच आईभी एड्स हुनुलाई जीवनको अन्त्य मानिन्थ्यो नगरपालिकाका प्रबक्ता सुबेदीले भने नियमित रूपमा चिकित्सकको सल्लाह, औषधि सेवन गरे बाँचन सकिन्छ भन्ने उदेश्य दिन गाँउमा कार्यक्रम गरीएको हो । अझै मुलुकमा असुरक्षित यौनसम्पर्क नै एच आईभी एडसको मुख्य कारक बन्ने गरेको उनले बताए ।

एच आईभी एड्स भएकाहरूले नियमित औषधि सेवन गरेर, पोषणयुक्त खानपान ,व्यायाम तथा मध्यपान धुम्रपानबाट टाढै रहेर आफनो बानी व्यहोरामा परिवर्तन गर्ने हो भने आयु लामो हुने बेलबारी नगरपालिका स्वास्थय सयोजक सन्तोष बिश्वकर्माले बताए ।

अहिले एडसलाई नकारात्मक भन्दा सकारात्मक भएर हेर्न थालिएको वडा नम्बर ९का वडा अध्यक्ष नगेन्द्र खड्काले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.