Websoft University

सक्रमितका पक्षमा काम गर्ने भन्दै–विराटनगरमा पनि विश्व एड्स दिवस मनाए


विराटनगर, मंसिर १६ गते । रातो तारा डट कम,एचआइभी एड्सबाट जोगिने उपाय तथा संक्रमितहरूको पक्षमा काम गर्ने सबालमा ऐकेबद्धता जनाउदै विराटनगरमा  शनिबार विश्व एड्स दिवस मनाएको छ ।
जनस्वास्थ्य कार्यालय मोरङ,विराटनगर महानगरपालिका र मोरङ सन्जालले गरेको कार्यक्रममा सहभागी बक्ताहरूले एड्स रोकथाम र संक्रमितह?का पक्षमा काम गर्ने बताए । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनचेतना दिन आबश्यक रहेको औल्याए । उनले सक्रमित ब्यक्तिहरूको उचित उपचार प्रबन्ध गर्ने बताए ।

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले खुल्ला सिमा क्षेत्रबाट हुने लागुऔषध सेवन र चेतनाको अभावमा धेरै युवाहरू कुलतमा फसेकोमा चिन्ता ब्यक्त गरे । एड्स रोग र यसका लागि अपनाउनुपर्ने उपचार पद्धती आजको आबश्यकता भएको भन्दै मेयर पराजुलीले महानगरभित्र भएका एच आइ भी प्रभावितहरूको संख्या एकिन गर्ने काम भइरहेको जानकारी दिए ।

यस्तै उपमेयर इन्दिरा कार्कीले  एच आइ भी सक्रमित महिलाहरूको अबस्था अझ दयनिय भएको र यसका लागि विशेष उपचार प्रबन्ध आबश्यक रहेको बताउनु भयो ।कार्यक्रममा  स्वास्थ्य कार्यालय मोरङ्गका प्रमुख ज्ञान ब बस्नेत,विराटनगर महानगर स्वास्थ्य महाशाखा संयोजक लजिता योन्जन लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.