Websoft University

चाडोभन्दा चाडो संसंदको हिउँदे अधिवेशन वोलाउने तयारी हुदै-सभामुख महरा



कुमोद अधिकारी विराटनगर,मंसिर १७ गते ।
 रातो तारा डट कम,सभामुख कृष्णवहादुुर महराले, चाडोभन्दा चाडो संसंदको हउदे अधिवेशन वोलाउनेगरी तयारी भइरहेको वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै ृउहाले पुषको पहिलो हप्ता भित्र संसद अधिवेशन वोलाउनेगरी छफलफल अघि वढि रहेको वताउनुभयो ।

संसद अधिवेशन वोलाउने विषयमा प्रधानमन्त्रीसंग समेत छलफल भइरहेको उहाले वताउनुभयो । उहाले आगामी फागुन महिनाभित्र संविधानसंग वाझिएका ३ सयभन्दा वढि कानुन संशोधन एंव परिमार्जन गर्नुपर्ने समय सिमा रहेकालेपनि अधिवेशन चाडो आव्हान गर्नुपर्नेमा जोड दिनुभयो ।

एक प्रश्नमा उहाले सरकारको कामगर्ने दिशा स्पष्ट भएकाले प्रभावकारी रुपमा आफनो कामलाईपनि सरकारले अघि वढाउनुपर्ने वताउनुभयो । उहाले पछिल्ला समयमा सरकारले गरेको महिला हिंसा बिरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लोकप्रिय रहेको वताउनुभयो ।

सभामुख महराले मुलुकमा संघियता कार्यान्वयनको चरणमा रहेकाले अव संघियता कार्यान्वयन हुदैन भन्ने कुरा भ्रम मात्र हो भन्नु भयो । उहाले संघियता कार्यान्वयन जटिल विषय भएकाले अरु देशको तुलनामा नेपालमा सघियता कार्यान्वयन प्रक्रियाले चाडै गति लिएको दावी गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.