Websoft University

भिजुअल मेटाएको घटनाप्रति महासंघले भत्र्सना गरेकोछ

काठमाण्डौं,मंसिर १७ गते । रातो तारा डट कम,समाचार संकलनमा क्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नेपाली सेनाहरुले लछारपछार गर्दै उनीहरुको क्यामेरा र मोवाइल नियन्त्रण लिनुका साथै भिजुअल मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ नुवाकोट शाखाका अनुसार मंसिर १३ गते नुवाकोटको वट्टारस्थित नेपाली सेनाको तालिम केन्द्रअगाडि भनेको ठाउँमा मोटर साइकल नरोकेको भन्दै सचिव जगदीश खनाललाई सेनाले दुव्र्यवहार गर्दै सडकमा लछारपछार गरेका थिए । सो खवर पाएपछि घटनास्थलमा पुगी सचिवमाथि भएको ज्यादतीको फोटो खिच्ने क्रममा अध्यक्ष कपिलदेव खनाल र उनको क्यामेरा र मोवाइल नियन्त्रणमा लिएका थिए ।

राष्ट्रको सुरक्षाको जिम्मेवारी वहन गर्ने नेपाली सेनाले पत्रकारमाथि गरिएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । सेनाको यस्ता कार्यले पत्रकारलाई पेशाप्रति हतोत्साहित
बनाउने महासंघको ठहर छ । महासंघ यो घटनाको भत्र्सना गर्दछ । 

घटनामा संलग्नमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासचिव रमेश विष्टले प्रेस बिज्ञाप्ति जारी माग गर्नु भएकोछ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.