Websoft University

सुमो दुर्घटनाम ४ घाइते


उदयपुर, मंसिर ६ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-९ गैरुङ भन्ने स्थानमा बिहीबार सुमो दुर्घटनामा परि ४ जना घाइते भएका छन् । नेपालटारबाट घाईघाट तर्फ जाँदै गरेको स १ ज ५२७ नम्बरको सुमो बिहान सवा ८ गते आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि सुमोमा सवार उदयपुरगढी गाउँपालिका-८ बस्ने बर्ष २२ की निलम थापा, बर्ष २७ को राम खडका, उदयपुरगढी गाउँपालिका-६ बस्ने बर्ष २७ कि अम्बिका थापा खड्का निजको छोरा बर्ष ३ को सरोज खड्का घाइते भएका हुन् ।

दुर्घटनामा परि घाइते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सुमो चालक तत्काल फरार रहेको हुँदा खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.