Websoft University

आगलागीबाट ७ लाख बराबरको क्षति


तेह्रथुम, मंसिर ६ गते । रातो तारा डट कम,तेह्रथुमको म्याङलुङ नगरपालिका-४ पिप्लेमा बिहीबार आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ ।

करिब दिउँसो १२:५० बजेको समयमा सोही स्थान बस्ने तुलसी गड्तौलाको ढुंगा, माटोले बनेको फुसको छानो भएको २ तले घरमा चुल्होबाट अचानक आगलागी भएको थियो ।

आगलागीबाट गड्तौलाको घर सहित नदग १० हजार, घर भित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरीको टोली खटि गई स्थानीयवासीको सहयोगमा दिउँसो सवा २ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको
छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.