Websoft University

धादिङमा ग्यास बुलेट दुर्घटनामा-किच्चिएर बिते आमाछोरी


धादिङ–भर्खरै कक्षा–११ को परीक्षा लेखेकी सुनिता नेपाली तिहार मनाउनका लागि धादिङको बेनिघाटरोराङ गाउँपालिका–५ स्थित माइतीघर आएकी थिइन्।

गत साउनमा मुग्लिनका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी सुनिता तिहारको खुशी साट्न माइतीघर आएकी थिइन्।

शुक्रबार भाइटीका लगाएपछि शनिबार दिनभर घरमा रमाइलो गरिन्। र, आइतबार आफ्नो पढाइको विषयमा स्कूलमा कुरा गर्न आमा ३९ वर्षीया गीता नेपालीसँग विशालटारस्थित चन्द्रोदय मावितर्फ लागिन्।

‘कक्षा–१२ मा मुग्लिनकै स्कूलमा पढ्ने भनेर ट्रान्सफरका लागि फाराम भर्न आमाछोरी स्कूल जाँदै गर्दा दुर्घटना भएछ,’ एक आफन्तले देशसञ्चारसँग भने, ‘ग्यास बुलेटले किचेर दुई जनाकै मृत्यु भएको खबर आएपछि यहाँ रुवाबासी छ।’

राजनीतिक अभियन्ता हुन् गीता :-
नियति भनौं या लेखान्त, धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर–५ की अध्यक्ष गीता नेपालीले ऐय्यासम्म भन्न नपाई सधैँका लागि बिदा लिनुपर्‍यो। गीताले सायद आफ्नी छोरीलाई ‘छोरी’ भन्न पनि नपाई बिदा लिइन् संसारबाट।

‘गीता दिदी राजनीतिक अभियन्ता हुनुहुथ्यो, समाजमा राम्रो छाप थियो, त्यसैले निर्वाचनमा पनि सम्मानित मत पाएर जित्नु भएको थियो, छोरीको विवाह पनि भर्खरै भएको थियो,’ ती आफन्तले भने, ‘तर, नियतिले नै खुशी देखिसकेन, के गर्ने!’

यसरी खस्यो ग्यास बुलेट:-
बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट पल्टिएर दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका ग्यास बुलेट १० मिटर जति तल खसेको छ।

ग्यास बुलेट पल्टिएपछि सडकमा उक्लिन लागेका आमाछोरी गीता र सुनितालाई घसार्दै एक स्टेप तल खस्यो। र, अड्कियो। ‘बाटो अलि घुमाउरो छ, त्यसैले काट्ने क्रममा बुलेट पल्टिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो।

भारतको बरेनीबाट काठमाडौँको बालाजुस्थित नेपाल ग्यासको कारखानाका लागि ग्यास बोकेर आएको युपी७५एटी ५२०८ नम्बरको बुलेट सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीले ग्यास बुलेटका चालक भारतीय नागरिक भोला कुमारलाई नियन्त्रण लिएको छ। बुलेट पल्टेर ग्यास चुहिएपनि नजिकै रहेको श्रीकृष्ण ग्यासबाट प्राविधिक बोलाएर मर्मत गरिएको थियो।
देश सञ्चारबाट साभार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.