Websoft University

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण


काठमाण्डौं,कार्तिक २५ गते । रातो तारा डट कम, चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई  एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट  १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र  अध्यक्ष केपी किरण शर्मालाई प्रदान गर्नु भएको हो।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सस्कृति कार्यक्रम बाट उठेको पैसा  केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठ मार्फत आफुलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्ति बाट पनि केहि रकम सहयोग भएको हुदा यस  गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पौड खुसि लागेको बताउनु भयो ।कार्यक्रममा खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै शिक्षा भन्दा ठुलो केहि नहुने भन्दै यस केन्द्र ले यसरी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा ध्यक्ष केपी किरण शर्मालाई धेरै धेरै धन्यवाद दिदै फेरी फेरी सहयोग गर्ने समेत बताउनु भयो ।

गामबेशीको चेपाङ संरक्षण केन्द्र  अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँ सम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धेरै धेरै धन्यवाद दिनु भयो।अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्र बाट करिब ४०० भन्दा बढी  चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको बताउनु भयो ।

कार्यक्रममा  स्कुल हेडमास्टर राम बहादुर थापा मगर ,समाजसेबी हरि केसी,पत्रकार रबि रोजी लगायतको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा चेपाङ्ग बालबालिकाले उपस्थिति सबैलाई आफ्नो समुदायको निकै मार्मिक  गीत सुनाएका थिए। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.