Websoft University

आगलागीबाट २ लाखको क्षति


मोरङ, मंसिर ७ गते । रातो तारा डट कम,मोरङको सुनवर्सी नगरपालिका-९ बनियावारीमा बिहीबार आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट सोही स्थान बस्ने रफिद मियाँको ३ विघा खेतमा भएको धानको कुनिउमा अचानक आगललगी भएको हो । आगलागीबाट कुनिउमा भएको धान पराल जलेर पूर्ण रुपामा नष्ट भएको प्रहरी चौकी डाईनियाले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको हो भने आगलागीको कारण खुल्न सकेको छैन् ।
सुनसरी
सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुरमा शुक्रवार खेतमा आगलागी हुँदा अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ ।

 दिउँसो करिब १२:४५ बजेको समयमा सोही स्थान बस्ने गंगा साहको १ बिघा, मेहदिन अन्सारीको १५ कट्ठा, र कुसुमलाल मेहेताको १५ कट्ठामा लगाएको धानबालीमा आगलागी भएको थियो ।

आगलागीबाट उनीहरुको धान पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.