Websoft University

इलाम र धनकुटामा दुर्घटना हुदा ३ को मृत्यु, ४ घाइते


बिराटनगर, मंसिर ८  गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत इलाम र धनकुटा जिल्लामा बिहीवार भएको सवारी दुर्घटना परि १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

इलामः- इलामको इलाम नगरपालिका-१ साखेजुङमा बिहीवार ट्याक्सी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । अपरान्ह ४:४५ बजेको समयमा इलाम बजारबाट शान्तिडाँडा वाफरुङ तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको ट्याक्सी कच्ची बाटोमा अनियन्त्रित भई सडक देखी १०० मिटर
खसेको थियो ।

दुर्घटनामा परि ट्याक्सीमा सवार इलाम नगरपालिका-१ बस्ने बर्ष ५६ को कैलाश गुरुङ र बर्ष ४३ को सुमन खनालको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा ट्याक्सी चालक इलाम देउमाई नगरपालिका ६ बस्ने बर्ष ३० को रमेश गुरूङ, सह-चालक बर्ष २० को सुनिल गुरूङ र सोही बर्ष २६ को तुलसी कुमार बस्नेत घाइते भएका हुन् ।

 घाइते मध्ये बस्नेतको उपचार पश्चात डिस्चार्ज भईसकेको र चालक र सह-चालकलाई थप उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पतला इलाममा राखिएकोछ ।

धनकुटाः- धनकुटाको धनकुटा नगरपालिका-२ सामुदायिक बन नजिक पिकअप गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । हिलेबाट भीरगाउ तर्फ जादै गरेको को. १ ज. १६५४ नम्बरको पिकअप गाडी राती ९ बजे आँफै अनियन्त्रित हुँदा सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि पिकअप चालक धनकुटा नगरपालिका-२ भीरगाँउ बस्ने बर्ष ४२ को प्रेम बहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो भने पिकअपमा सवार बर्ष ३९ को फत्ते बहादुर तामाङ घाइते भई उपचार पश्चात डिस्चार्ज भएका छन् ।

 घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोली खटि गईकानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.