Websoft University

अव युवाहरुलाई बिदेश पठाउने क्रम घटाउदै,स्वरोजगार बनाउनु पर्छ –लालबाबु पण्डित

बिराटनगर,मंसिर ७ गते । रातो तारा डट कम,औधोगिक तथा व्यवसमयिब प्रवर्दमा स्थानिय सरकारले हाल पारेको प्रभावका सम्वन्धमा उधोग सगठन मोरङले आज १ नम्वर प्रदेश स्थरिय स्थानिय सरकारका जनप्रतिनिधि,कार्यलय प्रमुख उधोग व्यवसायिका प्रतिनिधिहरु लगाएतलाई भेला गरेर कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमका प्रमुख अतिथि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यक्रमको उदघाटन गर्दै,अहिले देश राष्ट्रिय समृद्घि तिर अगि बढी रहेकाले सोहि अनुसार सरकारका तीनै स्थानिय निकायका सरकारले पनि काम गर्नु पर्ने बताउनु भयो ।

सरकारलाई तिर्ने करको बारेमा बिवाद भए,त्यस्ता नमिलेको कुरा मिलाउदै लान स्थानिय निकायका प्रतिनिधिहरुलाई निर्देश गर्दै, सरकारले एउटा छुटै कार्यदल बनाएर रिपोट दिईसकेको बताउनु भयो ।

जनतालाई पनि सहयोग पुग्ने गरि स्थानिय सरकारले कर लगाउन सक्ने भएकाले करको दायरा र प्रकृति फरक फरक हुन सक्छ ,एकै खालको हुन जरुरी छैन भन्नु भयो ।

अव युवाहरुलाई बिदेश पठाउने क्रम घटाउदै,स्वरोजगार बनाउनु उचित हुने छ भने जप्रतिनिधि पनि आफै ठेकेदार पनि आफै वा आफना मानिस हुनु भएन, त्यसो भए कार्यवाही हुन्छ भन्नु भयो ।

बिराटनगर जुट मिलको उधारण दिर्दै,नाफा आर्जन भए कर लिन हो तर डुब्न लागे सरक्ष गर्ने निति हुनु पर्छ नत्र भकारीमा धान भए पो हात हल्लाउदा धान मेटिन्छ नभए हातै मात्र हल्लिन्छ त्यसैले यस्ता काम गर्नु राम्रो होइन भन्दै,सरकारले अहिले ८ ठाउमा ठुला औधोगिक क्षेत्र घोषणा गरेर कम अगि बढाउने बताउनु भयो ।

अव जसले उधोग सन्चालन गर्ने हो उसैले प्रदुषणको ख्याल गरेर उधोग सन्चालन गर्नु राम्रो हुने बताए ।

१ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले आफना कुरा राख्दै, सरकार अहिले सघीय मोडलमा संविधान कार्यन्वयको बाटो तर्फ जादै गर्दा जनताका इच्छा गुनासो आउनु स्वभाविकनै हो ।

आर्थि नितिका बारेमा भारत अमेरीकाको उदारण दिर्दै,अव हामीले बिज्ञ आयोगको सिफारिस अनुसार कामलाई सहज र मिलाउदै जानु पर्छ भन्नु भयो ।

बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले करको दायरा फराकिलो बनाउदै जादा केहि बिरोध भए पनि नमिलेका कुरा मिलाउने प्रयास भएको र कति कुरा मिलि सकेको छने ससुल्क मात्र होईन नि सुल्क पनि सेवा अगि बढाएको बताउनु भयो ।

सम्पति कर घर जग्गा कर मा नमिलेको भए त्यसलाई पनि मिलाउदै लाने र देश र महानगरको समृद्घि र बिकासमा आफु अगि बढ्ने भीम पराजुलीले बताउनु भयो ।

कार्यक्रममा अन्य बिभिन्न वक्ताहरुले पनि बोल्नु भएको थियो र जनप्रतिनिधिहरु, ुहभागिहरुले पनि सुइााव राखेका थिए ।

उधोग सगठनका सदस्य तारा नाथ निरौलाले कार्यक्रममा सरलिकरण गर्नु भएको थियो भने उधोग सगठन मोरङका अध्यक्ष भीम घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.