Websoft University

सरकारले वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्यो


काठमाडौं,मंसिर ६ गते । रातो तारा डट कम,सरकारले वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । हरेक वर्ष २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सरकारको छ । अहिलेसम्मको तयारी हेर्दा मूल आयोजक समिति गठन, लोगो र सन्देश निर्माणको काम सकिएको छ ।

भ्रमण वर्षको सन्देश चाइनिज, जापनिज, जर्मन, फ्रेन्च, रसियन, अरेबिक लगाएतका भाषामा अनुवाद गरेर ति देशहरुमा रहेका दूतावास, गैरआवसीय नेपाली संघ, ट्राभल एजेन्सिमार्फत् प्रचारको काम भइरहेको छ । भ्रमण वर्षलाई सफल बनाउन नीजि क्षेत्रको संयोजकका रुपमा सुरज वैद्यलाई राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरिएको छ ।

भ्रमण वर्षका लागि जम्मा एक वर्ष बाँकी रहँदा यसबाहेका तयारीहरु खासै देखिदैन । सरकारको यो महत्वाकांक्षी लक्ष्य भेट्न त्यति सजिलो नरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । पर्यटन व्यवसायी लिलाधर भण्डारी सरकारले गर्नुपर्ने तयारी नै नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘तयारीहरु, मार्के्टिङका अवधारणा खासै देखिएको छैन । हामी नीजि क्षेत्रमात्रै कराइराखेका छौं, भिजिट नेपाल २०२० भनेर लोागो प्रचार गरेका छौं । त्यतिको भरमा पर्यटक आउनेवाला छैनन् नेपालमा ।’

भण्डारीले अगाडी भन्नुभयो, ‘भिजिट मलेसिया २०२० भन्नेपनि छ, उनीहरुको तयारी गत सेप्टेम्बरमा हेरेर आएँ । सरकारले दिनुपर्ने सबसिटीदेखि सेवासुविधा उनीहरुको तयारी यति राम्रो छ कि २०२० मा उनीहरुले त्यो टार्गेट मिट गर्न सक्छन् ।’

२०२० मात्रै नभएर त्यो भन्दा पछाडी पनि पर्यटकको संख्या बढाउनेगरी सरकारले तयारी गर्नुपर्ने उहाँको भनाइ छ । अध्यागमन विभागका अनुसार यो वर्ष अहिलेसम्म करिब ८ लाख पर्यटक नेपाल आइसकेका छन् ।

पर्यटकको व्यवस्थित आवागमनका लागि पूर्वाधार राम्रो छैन । पर्यटक भिसामा आउने विदेशीले नेपालमा १ सय ५० दिनभन्दा धेरै समय बस्न पाउँदैनन् । भ्रमण वर्षलाई सफल बनाउन यस विषयमा पनि ध्यान दिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

पर्यटकीयस्थल वरपर हुनुपर्ने पूर्वाधार विकास, सुविधासम्पन्न होटल लगाएतका विषयमा पनि सरकारको ध्यान जान सकेको छैन । पर्यटकको व्यवस्थित आवागमनका लागि अहिले रहेको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलले पुग्ने देखिदैंन ।

अर्का पर्यटन व्यवसायी भेषबहादुर पौडेल पहिला त सरकारले २० लाख अट्ने ठाउँ बनाउनुपर्ने बताउनुहुन्छ । पौडेलले भन्नुभयो, ‘व्यवस्थापन राम्रो भएन, न बस्न राम्रो पाइयो, न त खान राम्रो पाइयो, न बाटाघाटा राम्रा छन्, धुलो, धुँवा, जाम भन्ने खालको म्यासेज गयो भने त्यसले नकारात्मक असर पार्छ । ’



उहाँले थप्नुभयो, ‘२० लाख आउनको लागि बाटो भनेको एयरपोर्ट हो । आउँदैमा अब २० लाख ल्याउँदाखेरि अहिले कति क्राउड हुन्छ त्यो कुरा सरकारले मनन् गर्नुप¥यो । वैकल्पिक उपायहरु के के छन्, एयरपोर्ट हामी कहिलेसम्म तयार गछौं ? पहिलो प्रभाव त्यहाँ पर्छ । त्यहाँबाट निस्केपछि अरु विकल्प नभइन्जेल बस्ने भनेको काठमाडौं नै हो । काठमाडौंमा बाटो यति खराब छ कि ! ठाउँ ठाउँमा गाडी जानै गाह्रो छ, त्यसलाई व्यवस्थापन गर्नुप¥यो । ’

२०७२ मा गएको गोरखा भूकम्प र त्यसपछिको नाकाबन्दीले घटेको पर्यटकको संख्या बढाउने प्रयासमा सरकार छ । तर त्यस अनुसारको काम भने भएको छैन । भूकम्पपछि पुर्न्निर्माण हुनुपर्ने राष्ट्रिय सम्पदा अझै टेकोकै भरमा छन् । तर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी भ्रमण वर्षलाई सफल बनाउन सरकारले तीव्रताका साथ काम गरिरहेको बताउनुहुन्छ ।

जोशीले भन्नुभयो, ‘एउटा त भैरहवाको अन्तर्रा्ष्ट्रिय विमानस्थललाई २०१९ सेप्टेम्बरसम्ममा कम्प्लिट गर्ने र अप्रेशनमा ल्याउने, अनि काठमाडौंको यो अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम रनवे लामो समयदेखि जुन रिहाव भएको थिएन, २०१९ को जुनसम्ममा त्यो रिहाव गरिसक्ने । त्यो भयो भने यो एयरपोर्ट पनि २४ सै घण्टा चलाउन मिल्ने हुन्छ ।’

सम्पदा पुननिर्माणको काम पूरा नहुँदा यसले पर्यटकलाई पार्ने असरका विषयमा प्रश्न गर्दा जोशीले भन्नुभयो, ‘भूकम्पको लामो समयसम्म सम्पदा पुर्न्निर्माण नहुँदा पर्यटकलाई जिज्ञासा त हुन्छ तर हामीले यसलाई फरक तरिकाले प्रवद्र्धन गरिरहेका छौं । सम्पदाहरु पुर्न्निर्माण भइरहेको फेज पनि पर्यटकका लागि त्यतिकै आकर्षक हुन्छ, घुम्नका लागि, हेर्नका लागि ।

किनभने दुईसय, चारसय, हजार, १२ सय वर्ष अगाडी हाम्रा सम्पदाहरु कसरी बन्थ्यो, त्यो कलाकारिता कस्तो थियो ? भनेर हेर्ने एउटा एकदमै महत्वपूर्ण अवसर हो ।’अघिल्लो वर्ष करिब १० लाख पर्यटक नेपाल भित्रिए भने यो वर्ष १२ लाख, अर्को वर्ष १६ लाख र सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य सरकारको छ ।

भ्रमण वर्षको घोषणा पछि सामाजिक सञ्जालमा प्रचारप्रसारलाई तीब्रता दिइए पनि पर्यटकका लागि सुविधाको व्यवस्था गर्न भने सरकारले अझैं काम गर्न बाँकी छ । भ्रमण वर्षलाई सफल बनाउन गर्नुपर्ने काम धेरै छ । तर समय भने थोरै छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.