Websoft University

मिस पूर्वेली सुपर मोडन विराटनगरमा हुने


विराटनगर,मंसिर ५ गते । रातो तारा डट कम,नेपालमा सवैभन्दा ठुलो धनराशीको मिस पूर्वेली सुपर मोडन विराटनगरमा हुने भएको छ । 
ए– वान इन्टरटेन्टमेन्टको आयोजनामा यस प्रतियोगिता हुन लागेको 
हो । आयोजक संस्थाले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरि आउँदो शनिबार पहिलो चरणको अडिसन विराटनगरमा हुने जानकारी गराएको छ । 

विगतको वर्षहरूमा भन्दा यस वर्ष हुने उक्त प्रतियोगिता फरक र भव्य हुने आयोजकले दाबी गरेको छ । सातौं संस्करणको पूर्वेली सुपर मोडलको विजेताले पाउने राशी समेत बढाएको छ । यस वर्ष प्रतियोगिताको विजेता २ लाख ५० हजार, फस्ट रनरअपले १ लाख र सेकेण्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यसको साथै विजेता, फस्ट र सेकेण्ड रनरअप हुनेले इन्डोनेशियाको बाली भ्रमण गर्ने पाउने आयोजक संस्थाका चियरपर्सन किरण लामाले बताए । विजेताले पाउँने रकम नेपालको सवैभन्दा ठुलो धनराशिका रहेको आयोजकको दावी रहेको छ ।

छैठो संस्करणको विजेताले टिभिएस कम्पनीको स्कुटी प्राप्त गरेका थिए । यस वर्ष हुने प्रतियोगितामा भाग लिने प्रतियोगिको उचाइ पाँच फुट ४ इन्च अग्लो हुनुपर्ने रहेको छ भने १८ देखि २५ उमेर समूहको अविवाहित किशोरीले भाग लिन पाउने आयोजको भनाई छ ।

प्रतियोगिताको फीनाले पुस १४ गते विराटनगरमा हुनेछ । प्रतियोगिताको कोरियाग्राफर सुजना रेग्मीले गर्नेछन् भने प्रतियोगिताको सम्पूर्ण डिजाइन माल्बिका सुब्बाले गर्ने बताइएको छ । ‘विगतको वर्षमा भन्दा यस वर्ष हुने प्रतियोगिता फरक हुनेछ,’ लामाले भने, ‘मिस नेपालको तरिकामा यस प्याजेन्ट हुनेछ ।’ 

प्रतियोगिताको फाइनलको निर्णायकहरू समेत यस क्षेत्र बुझेको विज्ञ टोली काठमाण्डौंबाट आउने आयोजको भनाई छ । छैठो संस्करणको फाइनलमा निर्णायकले निस्पक्ष नभएको भन्दै केही प्रतियोगिहरूले असन्तुष्टि जनाएका थिए । यस वर्ष विगतको वर्षजस्तो नहुने आयोजको दाबी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.