Websoft University

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ, कात्तिक ८ गते । रातो तारा डट कम, तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले ७ गते गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो ।

तोकिएको परिमाणमा कमी गरी इन्धन बिक्री वितरण गरेको भन्दै अनुगमन टोलीले कार्यस्थलमै भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागको अनुगमन टोलीले उक्त आयल स्टोरको इन्धन भर्ने ‘नोजल’बाट तीनवटा नमूना सङ्कलन ग¥यो, तीनै पटकको नमूनामा फरक÷फरक नतीजा पाइयो, तीन वटा नमूनाको परीक्षण गर्दा प्रतिलिटरमा २५, ३० र ३५ एमएल ठगी गरेको पाइयो ।” इन्धन भर्ने ‘नोजल’बाट प्रतिलिटरमा १० देखि १५ एमएलसम्म तलमाथि भए स्वीकार गर्न सक्ने व्यवस्था रहेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदवफा २ को (क) ले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कामलाई निषेध’ गरेको छ ।

त्यस्तै दफा ३९ (ख) ले ‘बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्नेलाई निरीक्षण अधिकृतले तत्काल रु दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था गरेको छ ।

भद्रकाली आयल स्टोरलाई सात दिनभित्र रु दुई लाख जरिवाना विभागमा दाखिला गर्न निर्देशनसमेत दिएको महानिर्देशक गौचनले जानकारी दिनुभयो । अनुगमन टोलीले कम इन्धन भर्ने नोजल सुधार नगरेसम्म उक्त आयल स्टोरको कारोबार रोक्का गरेको छ ।

विभागको अधिकृतको नेतृत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका प्राविधिको पनि सहभागिता थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.