Websoft University

भारततर्फ लादै गरेको रक्सी सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गर्यो


 काठमाण्डौं कार्तिक ८ गते । रातो तारा डट कम, नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले एउटा मारुती भ्यानमा रहेका ८०० पोका सोफी रक्सी बरामद गरेकोछ ।

जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २५० एमएलकोसोफी रक्सी लादी भारततर्फ जाँदै गरेको अवस्थामा सीमा सुरक्षाका लागि गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रक्सी बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

मारुती भ्यानमा रक्सी बोकी नेपालबाट भारततर्फ जाँदै गरेको मारुती भ्यान चालक प्रहरीलाई देखेर सीमा नजीकै नेपालतर्फ भ्यान छाडी भागेपछि प्रहरीले ती भ्यान र रक्सी बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको प्रहरी उपरीक्षक कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

बरामद भएका रक्सी र मारुती भ्यान आवश्यक कारवाहीका लागि क्रमशः आन्तरिक राजश्व कार्यालय जनकपुर र मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.