Websoft University

ठूलो परिमाणमा पटका सहित ३ भारतीय पक्राउ


सुनसरी, कार्तिक ८  गते । रातो  तारा डट  कम ,सुनसरीको धरानबाट प्रहरीले बिहीबार ठूलो परिमाणमा पटका सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-१० स्थित धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर बस्दै आइरहेका भारतको पूर्णिया बस्ने बर्ष २५ को पाण्डव दास, अररिया फुलकाहा बस्ने बर्ष ३५ को अरबिनदेव र महपुर बस्ने बर्ष ३५ को दिलिप दासलाई पक्राउ गरिएको हो ।

बिहान करिब साढे ११ बजे बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले उनीहरुको कोठामा खानतलासी गर्ने क्रममा भण्डारण गरी लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका २१ बोरा बिष्फोटक पदार्थ फेला पारी बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.