Websoft University

मोरङ र सुनसरीमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यू


मोरङ, कार्तिक ७ गते । रातो तारा डट कम,मोरङ र सुनसरीका २ छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ ।

मोरङ-मोरङको ग्रामथान गाँउपालिका-४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यू भएको छ ।

आज बिहान ११:०० बजेको समयमा मोतीपुर स्थित भित्री बाटोमा उक्त नम्बरको ट्याक्टरले ठक्कर दिंदा बिश्वास गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई प्रहरी चौकी मोतीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो ।

घाइतेको उपचारकै क्रममा आज दिउसो १२:०० बजे मृत्यू भएको हो ।  दुर्घटनामा संग्लग्न ट्रयाक्टर प्रहरी चौकी मोतीपुरको नियन्त्रणमा रहेको छ भने ट्रयाक्टर चालक तत्काल फरार रहेको हुँदा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुनसरी- सुनसरीको धरान उपमहानगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यू भएको छ । सुनसरीको ईटहरीबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ८५६४ नम्बरको यात्रुबाहक बसले सोही दिशाबाट धरान तर्फ जाँदै गरेको अन टेष्ट स्कुटरलाई पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक ईटहरी-६ का १८ बर्षिय प्रताप चौधरी गम्भिर घाईते भएका थिए ।

घाईतेलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएकोमा चौधरीको उपचारकै क्रममा मृत्यू भएको थियो ।

दुर्घटनामा संग्लग्न बस, बस चालक र स्कुटर समेत ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.