Websoft University

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु


झापा,असोज २९ गते । रातो तारा डट कम,
झापाको बिर्तामोड नगरपालिका-५ स्थित भुवान चौकमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

आइतवार बिहान पौने १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे १ प ७३४५ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने बर्ष  ६० को लाडु राजवंशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते राजवंशीलाई उपचारको लागि बि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.