शिव भट्टराई -काठमाडौ, असोज २९ गते ।
रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं.७ को गछिया चौकीमा सर सफाई कार्यक्रम भएको थियो भने वार्ड नं.३ मा रहेको माउन्ट मकालु उ.मा.वि. स्काउट तर्फका छात्र छात्रालाई ट्राफिक सचेतना महिला हिंसा तथा लागु अौषध सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष जीवन ढुंगाना रहनुभएको थियो भने अध्यक्ष उक्त विधालयका प्र.अ. हेमन्त कार्की रहनु भएको थियो। अहिलेको महिला हिंसा साथै लागु औषध सम्बन्धि समस्या लाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो।
सरसफाई लाई ध्यान दिदै यस्तै जनचेतनामुलक कार्यक्रम आयोजना गरेर सुन्दरहरैचालाई नाम जस्तै सुन्दर बनाउने
कुरा गछिया प्रहरी चौकीले जनाएको छ।


Post a Comment