Websoft University

लागूऔषध सहित ४ पक्राउ


सुनसरी, असोज २९ गते । रातो तारा डट कम,
लागूऔषध सहित सुनसरीको धरानबाट प्रहरीले ४ जना युवकलाई पक्राउ गरेको छ । गएराती साढे २ बजेको समयमा लागूऔषध सहित धरान उप-महानगरपालिका-१४ स्थित बिजयपुर चौकबाट सोही स्थानमा रहेको गैरीडाँडा बस्ने बर्ष २१ को अभिषेक राइलाई पक्राउ गरिएको हो ।

रातको समयमा हिडिरहेका राइलाई शंका लागि चेकजाँच गर्ने क्रममा राईको साथबाट प्रहरीले २१ थान लागूऔषध नाईट्रोसन चक्की र १ थान भरेको सिरिन्ज फेला पारी बरामद गरेको हो । त्यसैगरी धरान उपमहानगरपालिका-८ स्थित सेउती पुल नजिकबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट सवारी चेकजाँचमा खटिएको टोलीले दिउँसो लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । दिउँसो साढे ३ बजेको समयमा बा ६७ प ९९४५ नम्बरको मोटरसाईकलमा सवार मोरङ बिराटनगर महानगरपालिका-५ बस्ने बस्ने बर्ष ३६ को सन्जिब पुडासैनी र बर्ष ३४ को सन्दिप पुडासैनीलाई ५० ग्राम लागूऔषध चरेश सहित नियन्त्रणमा लिईएको हो ।

यसैगरी अपरान्ह साढे ४ बजे बिराटनगरबाट धरान तर्फ जाँदै गरेको बसमा सवार धरान १७ फोक्लेन टापु बस्ने बर्ष २५ को कृष्ण बहादुर बि.क. लाई चेकजाँच गर्ने क्रममा ५ एम्पुल नाईट्रोसन ट्याब्लेट फेला पारी बरामद गरिएको छ । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान  भइरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.