Websoft University

शक्तिपीठमा भक्तजनको भीड बढ्दै


काठमाडौँ,असोज २९ गते । रातो तारा डट कम, नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणी बिराटनगरको कांली मन्दिर लगायतका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरुको भीड देख्न सकिन्छ ।

उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि भक्तजनको भीड लागेको छ । उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, पाल्चोक र नाला भगवती, चण्डेश्वरी, मनकामना, शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । नवरात्र देवीको उपासनाका लागि महत्वपूर्ण पर्व मानिन्छ।
यस अवसरमा शक्तिपीठमा गई दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, बल, बुद्धि, विद्या र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वासछ ।

यसैगरी घटस्थापनाका दिन घरघरमा शुरु भएको दशैँ घर वा पूजा कोठामा आज नवरात्रको छैटोै  दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्द माताको पूजा आराधना गरियो ।

पहिलो दिन अर्थात् असोज २४ गते घटस्थापनाका दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्द माताको पूजा आराधना गरिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.