Websoft University

पीडित महिलाले उपचार पाइनन्-सरकार संग उपचार सहयोगको पुकार लगाउदै,


प्रकाश पाक्साँवा-तेह्रथुम, फागुन  १९ गते ।
रातो तारा डट कम, आर्थिक कम्जोरका कारण मुटुमा समस्या भएकी २९ बर्षीया तेह्रथुम फाक्चामाराका स‌ंगिता पारघरीको उपचारका समस्या भएको छ । छथर गाउँपालिका ४ फाक्चामार स्कुलटोलका संगिता मुटुको तिन वटा भल्भमा समस्या भएको ५ बर्ष बिती सक्दा पनि आर्थिक कम्जोरका कारण उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ ।

सुरुमा हातखुट्टा दुख्ने समस्या भएकी उनले घरपारिवारको समस्याका करण बैलैमा उपचार गर्न सकेकी थिईनन् । केही बर्ष निरन्तर यो रोगले च्याप्दै गए सँगै बिराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा पुग्दा अस्पतालले काठमाण्डौ स्थीत गंगालाल हृदय रोग केन्द्र अस्पतालमा रिफर गरेको थियो । रिफर भए सँगै घरमा भएको जयाजेथा बिक्री गरी गंगालाल अस्पताल पुगेकी संगिताको जीवनमा भूईचालो
गयो । उनले कल्पनै नगरेको मुटुको तिन वटा भल्भमा समस्या भएको अस्पतालले रिपोट निकाले उनले बताईन ।

आफ्नो उपचारको लागी अहिलेसम्म ९ लाख खर्च भई सकेको छ । माईती घरमा आमा बुबा र भाई बुहारीको साथमा रहेकी संगिताको १ छोरी छन् । धनकुटा जिल्लाको छथर गाउँपालिका परेवादिनमा बिनोद लिम्बु सँग बिबाह गरेकी उनको बिबाह सँगै छोरीको जन्म भए सँगै उनका श्रीमानले अर्की श्रीमती लिएर सम्पर्क बिहीन भएको उनले बताईन् ।

श्रीमान सम्पर्क बिहीन भए सँगै परीवार अपहेलना गर्न थाले सँगै माईतीको साहारा लिन पुगेकी उनलाई दाजुभाईले उपचारका निम्ती सहयोग गरे पनी अब अबस्था नरहेको उनले बताईन् । उनी भन्छिन् मेरो उपचारको लागी सहयोगको हात मागी रहेको छु । मेरी सानी छोरीको निम्ती सहयोग गर्नुहोस् ।

हाल संगिताको छोरी सुनगाभा ईङ्लिस बोर्डिङ्ग स्कुलमा कक्षा यु।के।जि।मा अध्ययनरत छिन् संगिताको अवस्थालाई मध्यनजर गर्दै स्कुलले एडमिशन शुल्क निःशुल्क र मासिक फिमा ५० प्रतिशत छुट दिईएको स्कुल संचालक होम पारघरी लिम्बू तथा प्रिन्सिपल निर्मला रायाले बताउनु भयो ।  अस्पतालले संगितालाई ३ महिना ३ महिनामा उपचारको लागी बोलाउने गरेको छ ।

१ पटक जाँदा ५० हजार भन्दा धेरै खर्च लाग्छ साथमा एक रुपैयाँ छैन कसरी उपचार गर्ने आँखाबाट आँसु झर्दै आफ्नो छोरीलाई सुम्सुम्याउँदै भन्छिन् अन्य रोगका कारण अस्पतालले तत्काल अप्रेशन गर्न पनि हुँदैन् भनेका छन् उनलाई बाथ तथा जण्डीस सम्बन्धी रोगले सताउँदै आएको छ । आर्थिक अभाबका कारण संगिता अहिले उपचारको पर्खाइमा माइतीमा नै रहँदै आएकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.