Websoft University

प्रम ओलीसँग अमेरिकी राजदूतको भेट


काठमाडौँ, फागुन १९ गते । रातो तारा डट कम,ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल शुरु गर्न आग्रह गर्नुभएको छ ।

राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.