Websoft University

साझाले अपाङ्गमैत्री बस सञ्चालन गर्ने


काठमाडौँ,फागुन २४ गते । रातो तारा डट कम, साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बस सेवा (सेमी लो–फ्लोर) को आज संयुक्त रुपमा प्रारम्भ गर्नु
भयो ।

उक्त बस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस सोही रुट हुँदै फर्कनेछ । उक्त बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।

आजदेखि सञ्चालनमा ल्याइएको उक्त बसमा ४१ सीट क्षमता रहेको छ । बसमा बालबालिकाका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ । छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ ।

सो अवसरमा कामपाका प्रमुख शाक्यले नागरिकको आवश्यकतालाई अध्यनजर गर्दै बसको संख्या वृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै गरेर १०० वटा बस सञ्चालन गर्ने उद्देश्य राखिएको छ र त्यसमा अपाङ्ग र बालमैत्री बस पनि हुने छन् ।”

अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साना र दुई पाङ्ग्रेलाई हटाएर ठूला सवारी साधन सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.