Websoft University

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन



काठमाडौँ, फागुन २४ गते । रातो तारा डट कम, गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र सुदृढ बनाउन निर्देशन दिनुभएको छ ।

केन्द्रीय सुरक्षा समितिको आजको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभयो । उहाँले सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने विषयलाई मुख्य प्राथमिकता राखेको बताउँदै त्यस दिशामा जान शान्ति सुरक्षाको सुनिश्चितता पहिलो शर्त भएको औँल्याउनुभयो ।

निर्वाचनमार्फत जनताले शान्ति, सुशासन र स्थिरताका लागि जनादेश दिएको भन्दै उहाँले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरु निरुत्साहित हुने गरी सुरक्षा निकायले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा सचिव विनोद केसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.