Websoft University

स्पार्टस मिटको फाइनल खेलहरु सम्पन्न

विराटनगर,माघ २७ गते । रातो तारा डट कम,विराटनगर १२ मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलमा विनायक स्पोर्टस मिट सम्पन्न भएको छ ।
शुक्रबारदेखि भएको स्पोर्टस मिटमा एक दर्जन बढी विभिन्न खेलहरु समावेश रहेको स्कूलका प्रशासक कमल प्रसाद ढुङ्गानाले जानकारी गराए । स्पार्टस मिटको अन्तिम दिन टेबल टेनिस, भलिबल र फुटवलका फाइनल खेलहरु सम्पन्न भएको छ । टेबलटेनिस तर्फ रिषभ थापा प्रथम भए भने द्वितीय र तृतिय क्रमशः अच्युतकुमार ठाकुर र रितीक साह भए ।

त्यसरीनै फटसलमा ग्रीन हाउसले प्रथम स्थान प्राप्त गर्यो भने ब्लु हाउस दोस्रो भयो । भलिबलमा ब्लु हाउस प्रथम र पिंक हाउस दोस्रो भयो । स्पोर्टस मिटमा १ सय मिटर दौड, ज्याभ्लिङ थ्रो, म्यूजिकल चियर, सटपुट, लङजम्प, रिले रेस, कबडी, भलिबल, टेवलटेनिस क्रिकेटलगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल मिथलेश ठाकुरले बताए।

 विजयी भएका विद्यार्थीहरुलाई स्कूलले पछी मेडल तथा प्रमाणपत्र वितरण गर्ने कुरा स्कूलका प्रिन्सिपल ठाकुरले जानकारी दिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.