Websoft University

त्रिशूली नदीमा खसेर जीप हराउँदा सचिवसमेत तीन जना बेपत्ता खोजी कार्य जारी


बिराटनगर माघ २७ गते । रातो तारा डट कम,नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् ।

गाडी र यात्रु सबै बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.