Websoft University

महानगरले ध्यान नदिदा सार्वजानिक सम्पति लावारिस-बटुवारेलाई हिडनै गारो,घरधनीले बाटो भाडा लगाए,


बिराटनगर, माघ २७ गते । रातो तारा डट कम,प्रदेश नम्वर १ को राजधानी पुर्वको महानगरपालिका बिराटनगरको अबस्था छिटो सुधार गर्नु पर्ने देखिन्छ । यो नगर अहिले बन्ने क्रममा छ, तर पनि धेरै कुरा समाधान र सुधार गर्न सकिने खालका पनि नभएका भने छैनन् ।

अहिले बिराटगरकै मेन ठाउँ महेन्द्र चोक अहिलेको गणतान्त्रिक चोकमा जतिखेरै जोगबनी चल्ने पुराना गाडी स्टेनै बाटोमा बनाएर राखिएको सबैले देखेकैछन। त्यसमा पनि सिटी सफारि रिक्साको व्यवस्थापन नहुदा जाम गरेर बजारमा हिडने बटुवारेसमेतलाई समस्य बनाएकोछ ।

बिराटनगर महानगर पनि भयो निर्वाचनबाट जनप्रतिनिधिहरु पनि आए ! तर जनताले अलि सुबिधा पाउने आस गरेका भए पनि इान गारो पो हुन थालेकोछ । महानगर भीत्रको टिपन टापने कार्यालयमा घुस कमिसनले छुटकारा पाउन सकेको छैन।

अहिले महानगरले कडाइ नगरिएकै कारण गुद्रि बइाार अस्त व्यास्त भएको पाइन्छ, त्यहा घर पसल भएका सबै घर धनीले आफनो दोकान अगिलतिर बाटो समेत दैनिक  भाडा लगाएर भाडा उठाउँने गरेकाले मानिसहरुलाई हिढ-डुल गर्न समेत गारो भएकोछ ।

नगरपालिकाले ढाकि पसलेलाई खेद्यनु भन्दा घर धनी जसले बाटो भाडा लगाएर बाल दैनिक उठाएर खान्छ, त्यसलाई प्रत्येक दिनको कम्तिमा चार हजार दैनिक जरिवाना गरेको पत्र घर धनी लाई बुइााउदा राम्रो हुने बटुवारेहरु बताउछन । किन कि यिनीहरूले दैनिक ५ हजार सम्म आफ्नो फसल अगाडि भाडा उठाउने गरेका छन ।

महानगरपालिकाले मुल्यावान सार्वजानिक जग्गा बुधहाट चोकको जमिन लावारिस पारेकोछ, यो लावारिस पारेको फाइदा उठाउदै त्यहा भएको हनुमान मन्दिर  समितिले ६ धुर मध्ये २ धुर बाटोमा गएको र ४ धुर जमिनमा ठिक्क मन्दिर मात्र रहेको कुरा जानकार बताउछन ।

तर बिस्तारै मन्दिर पछाडी एउटा घर बन्यो, तर महानगर बोलेन अनि देखिन उतर पस्चिम सबैतिर मीचेर सटर पसल बनाएर मन्दिरले भाडा लगायो, तर बिराटनगर महानगर पालिकाले चै हाल सम्मै देखेनछ । यो सार्व जानिक सम्पति यसो गर्न मिल्छ कि मिल्दैन, भनेर त्यहिठाउका बासिन्दाले प्रश्न पनि गर्न थालेका छन ।

यो जमिन धेरै कसरत गरेर गोपाल रेग्मीले खालि गराएका
थिए । यो बहुमुल्य जमिनमा व्यापारीक सपिङ महल बनाउने सपना र भिजन पनि नगरवासी जनतालाइ रेग्मीले बाँडेका थिए।

(कान्छा दाइ मार्गमा दैनिक धुँवा-धुलो, गाडीको जाम)

त्यसैगरी बिराटनगर बास पार्क भट्टी चोक सम्मको धरान रोडमा समस्य हुँदा बाइ पास बाटोको रुपमा परिचित पछाडिपट्टीको कान्छा दाइ मार्ग आज सम्म नबन्दा दैनिक बिहान र बेलुका धुँवा र धुलोले सबैलाई सताएकै छ र दिनमा दस पटक सम्म गाडी जाम भएर बसेको देखिन्छ, तर पनि महागरपालिकाको यतातिर ध्यान गएको पाइदैन ।

अन्त्यमा यस्ता कुरामा महानगरपालिकाले हेर्नु पर्छ र बाटो भाडा लगाउने भाडा उठाएर खाने सार्वजानिक सम्पतिको सुरक्षा, सार्वजानिक चोकहरुमा पार्किङ छाडा चौपाय नियान्त्रर्ण जस्ता धरै कुरामा नगरवासीलाइ असर पर्ने रहेछ भने महानगरको ध्यान जानु पर्छ भन्ने बिराटनगर वासिहरुको माग रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.