Websoft University

सेन्ट मेरिज स्कूलमा आज विज्ञान तथा कला पर्दशनी


विराटनगर, माघ २० गते । रातो तारा डट कम,विराटनगर–२ मा रहेको सेन्ट मेरिज स्कूललले विज्ञान तथा कला पर्दशनी गरेको छ । स्कूलले शनिबार एक कार्यक्रमको अहायोजना गरि एकदिने विज्ञान तथा कला पर्दशनीे गरेको छ  ।

पर्दशनीमा सक्ूलमा अध्ययनरत कक्षा १ देखि कक्षा ९ सम्मका २ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलका प्रिन्सिपल दिपा सि.जे.ले जानकारी दिइन् । पर्दशनीमा विद्यार्थीबाटै निर्मितवाटर रकेट, सेन्सर ढोका, लाइन ट्रयाकिङ कार,किडेनीको मण्डलीका साथै भ्रुण हत्यासम्बन्धी बनाएको रंगालीको कलात्मक पदैशनी गरेका थिए ।

विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न उनीहरुका अभिभावकलगायत, अतिथिहरुले अवलोकन गरेका थिए । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सि.जे.ले भनीन्,।

काम नलाग्ने सामाग्रीबाट निर्माण गरिएको सामाग्री राखीएको थियो । स्कूलमा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययन रहेका छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.