Websoft University

प्राध्यापक डाक्टर अभि सुवेदी र शिवबहादुर कार्की पुरस्कृत


विराटनगर, माघ २० गते । रातो तारा डट कम,दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज विराटनगरमा दुई जना राष्ट्रिय व्यक्तित्वहरुलाई पुरस्कारसहित सम्मान गरेको छ । नेपालको भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान गर्नुहुने प्राध्यापक डाक्टर अभि सुवेदी र पत्रकारिता क्षेत्रमा झण्डै ५० वर्ष योगदान गर्नुहुने पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीलाई एक समारोहका बीच पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट सुवेदीलाई ५१ हजार रुपियाँ राशीको साहित्य पुरस्कार प्रदान गरिएको छ भने कार्कीलाई २५ हजार रुपियाँ राशीको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभु घिमिरे र पूर्व अर्थमन्त्री डा.रामशरण महतले उनीहरुलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व अर्थमन्त्री डा. महतले अभि सुवेदीले साहित्यमा गरेका योगदानबाट समाजले धेरै फाइदा लिएको र अझै फाइदा लिनुपर्ने बताए । विगतको जस्तो समर्पणभाव र निष्ठाको भावना आजभोली हरेक क्षेत्रमा कमजोर हुँदै गइरहेको बेला भाषा, साहित्य र राजनीतिक क्षेत्रबाटै त्यसको जगेर्ना हुनु पर्ने उनले बताए ।

समाजमा भ्रष्टाचार र चुहावट अधिक रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले पत्रकारिता र साहित्य क्षेत्रबाट व्यापक निगरानी र उजागार गर्न आवश्यक रहेको उनको भनाई थियो । खबर पुर्वन्चल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.