Websoft University

तीन हजारलाई स्मार्ट लाइसेन्स वितरण

काठमाण्डौं,माघ २१ गते । रातो तारा डट कम, साउन महिनाबाट स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीको धनगढीले हालसम्म झण्डै तीन हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले चालू आर्थिक वर्ष २०७४÷०७५ माघ १८ गतेसम्म स्मार्ट लाइसेन्सका लागि छ हजार १०३ जना आवेदकले आवेदन दिएको र सोही मितिसम्म दुई हजार ९२४ थान लाइसेन्स वितरण गरेको बताउनुभयो ।

उहाँले पुरानो लाइसेन्स नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि नयाँ लाइसेन्सको पनि यही माघ महिनाभित्रै स्मार्ट लाइसेन्स वितरण गर्नका लागि प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालयले अटोरिक्साको पनि लाइसेन्स वितरण थालिसकेको र विद्युतीय रिक्साको भने निकट भविष्यमै सो प्रक्रिया पनि शुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालय जनाएको छ ।

यसैगरी सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आवको छ महिनामा रु १८ करोड, ६९ लाख ९१ हजार ६९ राजश्व संकलन गरेको जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.