Websoft University

कुलबहादुर राई २० किलो अबैध सुनसहित पक्राउ


काठमाडौ माघ २० गते रातो तारा डट कम, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुलबहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् । राई पक्राउ परेसँगै विमानस्थलभित्रै अबैध सुन लुकाउने अड्डा भएको समेत खुलेको छ ।

राईले अबैध रुपमा भित्राएको सुनलाई दिनभर विमानस्थलभित्रै राख्ने र साँझ परेपछि आफ्नो डेरामा ल्याई डेलिभरी दिने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट अर्का एक जना व्यक्ति पक्राउ परे पनि उनको विषयमा केही खुलाइएको छैन् ।

बिहीबार बिहान एयरपोर्टमा ड्युटी अफिसर रहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन पास गराएका थिए । त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख आफ्नो डेरामा लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ  । असई राई समातिएसँग विमानस्थलभित्रैका कर्मचारी र सुरक्षाकर्मीका लागी सुन लुकाउने अखडाविमानस्थलभित्रै रहेको समेत खुलासा भएको छ ।
(अनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.