Websoft University

नहर जोगाउन ४ करोड ५० लाख रकम खर्चचिने


विराटनगर, माघ २० गते । रातो तारा डट कम,सुनसरी मोरङ सिचाइ योजनाले बर्खाको समयमा खोलामा आउने बाढीबाट नहर जोगाउनको लागि ४ करोड ५० लाखको लागतमा तटबन्धनको निमार्ण कार्यलाई तीव्र गतिमा अगाडी बढाएको छ ।

वर्षेनी चिसाङ खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा पर्ने भएपछि बेलवारी नगरपालिका – ७ कदमा चौकमा तटबन्धन निमार्ण कार्य धमाधम गरिएको हो ।

यहाँका स्थानीयले उचित तटबन्धन नहुंदा वर्षेनी स्थानीयले असुरक्षित महशुस गर्नुपर्ने अवस्था रहेको थियो । ‘पूर्वको ठूलो खोलाको रुपमा चिसाङ्ग पनि पर्दछ,’ सुनसरी मोरङ सिचाइ आयोजनाको इन्जिनियर प्रेमचन्द्र झाले भने, ‘खोलो कटान गर्न थालेपछि नहर जोगाउनको लाग तटबन्धनको काम अगाडी बढाएका हौं ।

बाढीले कमजोर भू–भागमा कटान गरि वस्तीलाई समेत असर गदर्छ । उनले भने, ‘उचित तटबन्धनको व्यवस्था गर्न सकिए कृषकहरुले सिचाईको उपभोग गर्दै आएको नहर र तटीय क्षेत्रका खेतीयोग्य जमिनहरु जोगाउन सकिन्छ ।’

वर्षौदेखी सिचाईको उपभोग गर्दै आएका उपभोक्ताहरु पनि तटबन्धनले सम्भावित जोखिम न्यूनिकरण हुनेमा विश्वस्त बनेका छन् ।

सबैभन्दा बढी बाढीले असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालिमन्दिर क्षेत्रमा हाल पाँच सय मिटर लामो तटबन्धन गरिएको छ । नदी नियन्त्रण बेलैमा नगरिए बर्खाको समयमा नहर जोखीममा पर्ने भएकोले अहिले देखि नै धाधम निमार्ण गरिएको इन्जिनियर झाले बताए ।

‘स्वामी नारयण आर्शिवाद जेबी ग्रुप’ उदयपुरले निमार्णको जिम्मा पाएको उक्त परियोजनाको ६० प्रतिशत निमार्ण कार्य पुरा भएको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि सुरु भएको परियोजना असार मसान्त भित्रमा सक्ने गरी निमार्ण कार्य सुरु गरिएको सुनसरी मोरङ सिचाई आयोजनाको इन्जिनियर झाले जानकारी दिए । ५ सय मिटरसम्म तटबन्धन गर्ने बताइएको
छ ।

सुनसरी मोरङ सिचाई योजनबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिचाईको सुविधा हुने गर्दछ ।

त्यसैगरी गएको साउनमा आएको बाढीले बुढीगंगा गाउँपालिका – ३ बौराहामा भत्कीएको नहरको बाधसमेत सुनसरी मोरङ सिचाइ योजनाले निमार्ण गरेको छ । बाढीले विराटनगर शाखा ‘डी’ सिस्टम तिरको नहर भत्काएपछि हाल अस्थाही रुपमा सञ्चालनको लागि १ सय मिटरको बाध निमार्ण गरिएको हो ।

बाध भत्कीएको दुई महिनामा निमार्ण कार्य सम्पन्न गरी अहिले पूर्ण रुपमा सञ्चालनमा आएको सुनसरी मोरङ सिचाई योजनका इन्जिनियर सुकदेव शर्माले जानकारी दिए । उनका अनुसार ४० लाख लागतमा निमार्ण कार्य सम्पन्न गरेको बताए। अहिले अस्थायी रुपमा बाध निमार्ण गरी नहर सञ्चालनमा ल्याएको छौं,’ शर्माले भने, ‘बजेट आएपछि यस क्षेत्रमा स्थायी रुपको लागि निमार्ण गर्नेछौं ।’

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका ६ मा नेताचौकमा पर्ने ‘जुरी पैनी’ को कल्भट समेत सुनसरी मोरङ सिचाई योजनाले निमार्ण गरिदिएको छ । १० लाख रुपैयाँ लागतामा स्थानियलाई आवतजावतमा सजिलो पु¥याउन उक्त पुलमा कल्भट निमार्ण गरिदएको हो ।

निमार्ण कार्य अन्तिम चरणमा रहेको सो पुल चाँडै सञ्चालनमा आउने जुरी पैनी उपभोक्ता समितिको अध्यक्ष तिलक माझीले बताए । ‘पैनीको पुल बनेपछि हामीलाई राहत मिल्छ,’ उनले भने, ‘पुल नबन्दा बजार जादा घुमरे जाने समस्याको अन्त्य हुनेछ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.