Websoft University

पूर्वाञ्चल कलेज स्तरीय प्रिन्सेस प्रतियोगिता हुने


बिराटनगर, माघ २० गते । रातो तारा डट कम,पूर्वाञ्चलका विभिन्न कलेजमा अध्ययनरत युवा-युवतीको सिर्जनात्मक क्षमताको प्रवर्द्धन तथा सीप विकास गरी समाजमा प्रतिष्ठित जीवन बाँच्न सक्षम बनाउने उद्देश्यले पूर्वाञ्चल कलेज प्रिन्स तथा पूर्वाञ्चल कलेज प्रिन्सेस प्रतियोगिता आयोजना गरिने भएको छ ।

एड होम एड्भरटाइजिङ्ग प्रा. लि. को आयोजनामा हुन गइरहेको दुवै प्रतियोगिताका लागि आगामी फागुन ७ गते पहिलो चरणको छनौट कार्यक्रम राखिएको छ । विराटनगर, इटहरी, धरान र दमकमा एकैसाथ छनौट कार्यक्रम हुनेछ । पहिलो चरणको छनौटपश्चात् फागुन दोस्रो साता दोस्रो चरणको छनौट प्रतियोगिता गरिनेछ जसमार्फत् २० जना युवक र २० जना युवती प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । छनौटमा पर्न सफल सबै प्रतियोगीले २२ दिनको व्यक्तित्व विकास तालिममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

तालिमका क्रममा विभिन्न गोष्टि तथा अन्य सामाजिक क्रियाकलापमा सहभागी भई प्रतियोगीले आफ्नो व्यक्तित्वमा निखार ल्याउन सक्नेछन् । साथै यस प्रतियोगिताले प्रतियोगीको आत्मविश्वास बढाउन मदत गर्ने आयोजक संस्थाको भनाइ छ । प्रतियोगितामा सहभागीमध्ये दुवैतर्फ एक-एक जनालाई विजेता घोषित गरिनेछ ।

प्रतियोगिताका विजेताले उपाधिसहित जनही पाँच लाख रुपैयाँ बराबरको जीवन बीमाको सुविधाका साथै नगद २१ हजार प्राप्त गर्नेछन् । साथै, दुवै विजेताले सानिमा लाइफ इन्स्योरेन्स प्रा. लि. को ब्रान्ड एम्बेसेडर भई काम गर्ने अवसरसमेत पाउनेछन् । यसका अतिरिक्त अन्य थुप्रै आकर्षक उपहारहरूले विजेतालाई प्रसन्न बनाउनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.