Websoft University

न्यायसम्पादनमा प्रगति भएको दावी


काठमाडौँ, फागुन ८ गते । रातो तारा डट कम, प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको बताउनुभएको छ ।
बालसुधार गृह सानोठिमीले सोमवार आयोजना गरेको कार्यक्रममा उहाँले आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र विगतमा डेढ वर्षसम्म अवरुद्ध संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषय निरन्तर निरुपण भइरहेको बताउनुभयो ।

बालबालिका, ज्येष्ठ नागरिक, अपांगतायुक्त व्यक्तिलगायत मुद्दालाई विशेष प्राथमिकतामा राखेर आफूले सुनुवाइ गरिरहेको जिकिर उहाँले गर्नुभयो । प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि विकास भएको हुँदा एकार्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । समाजमा आफूलाई नै ठूलो ठान्ने खेती भइरहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीले समाचार सत्यता र शिष्टतामा आधारित हुनुपर्ने औँल्याउनुभयो ।

बाल न्याय समन्वय समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले बालसुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानुपर्ने बताउनुभयो । नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.