Websoft University

नगरकपको उपाधि एक नम्बर वडालाई


अर्जुन जम्नेली राई, पथरी, फागुन ८ गते । रातो तारा डट कम, मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयोजित तेस्रो नगर कप फुटबलको उपाधि एक नम्बर वडाले चुमेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई २—१ को गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
.
विजेता टीमको लागि दीपक राई र रबिन राईले मध्यन्तरपछि गोल गरेका थिए । उपविजेता वडा नम्बर २ का
स्टाइकर सन्तोष न्यौपानेले पहिलो हाप सुरु भएको केही मिनेटमै गोल गरेका थिए । उपाधिसँगै विजेता र उपविजेता टीमलाई क्रमस ४० र २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

फाइनल खेलको म्यन अफ द म्याच वडा नम्बर एकका क्याप्टेन मिन धिमाल घोषित भए ।.वेष्ट गोलकिपर
एककै अर्जुन बस्नेत, उदयमान खेलाडि निमण लिम्बू, सर्वोकृष्ट खेलाडि साइमन लिम्बू, प्रशिक्षक किरण धिमाल घोषित भए ।

त्यसैगरी वेष्ट डिफेन्डर सुबास तामाङ, मिड फिल्डर कबि राई र वेष्ट फर्वाड सन्तोष न्यौपाने घोषित भए । खेल अवधिभर ११ गोल गर्ने वडा नम्बर १ का खेलाडी सुमन राई हाइ स्कोरर घोषित भए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.