Websoft University

एभरेष्टमा अध्ययरत छात्रा लोचनले भनिन मासिक श्राबबारे पाठ्यक्रम खोइ ?


अर्जुन जम्नेली राई, पथरी फागुन ७ गते । रातो तारा डट कम, एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा लोचन मिश्रले भनिन ‘मासिक श्राव’ (महिनावारी) बारे पाठ्यक्रम र पुस्तकमा पर्याप्न बिषय नभएको कारण आम महिलाहरूले समाजिक समस्या भोग्नु परिरहेको बताएकी छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका—१ म स्थापित विद्यालयको ३२ औ बार्षिक उत्सव तथा
अविभाबक दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्ने क्रममा विज्ञान संकायमा
अध्ययनरत छात्रा मिश्रले सो कुरा बताएकी हुन् ।

पाठ्यक्रममा मासिक श्राव बारे पर्याप्त शिक्षा नहुदा विद्यार्थी तथा आम महिलाहरूले अझैपनि सामाजिक समस्याहरू भोग्नु परिरहेको बताए । कार्यक्रममा विद्यालय सञ्चालक रबिन कन्दङ्वाले घोक्ने भन्दा अभ्यास र प्रयोगको
माध्यमबाट सिकाइ राम्रो हुने भएको बताए ।

एभरेष्टमा सोही माध्यम अपनाइन्दै आएको कारण विद्यार्थीहरूले उच्च अंक ल्याउने गरेको बताए । कार्यक्रममा बिनोद कार्की, हिरालाल देवकोटा, पर्शु मिश्र, ऋषि धिमाल लगायतले शुभकामना दिएका थिए ।

विद्यालयका पूर्व विद्यार्थी इन्जिनियर अनुप साउदेन, २० बर्ष अघिदेखि सो विद्यालयमा कार्यरत शिक्षकहरू शान्तिराम तिम्सिना, बेदनिधि खनाल र जेएन नेपाललाई सम्माणपत्र र
दोसाल्ला ओढाएर सम्माण गरेको छ । अनुप साउदेन अहिले सरकारको तृतीय श्रेणीको अधिकृत (इन्जिनियर) हुन् ।
उत्सवमा विद्यार्थीह?ले तयार पारेको करिव २ घण्टाको साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो .।

बार्षिक परीक्षामा प्रथम, द्धितीय र तृतीयहुने विद्यार्थीहरू दिवसकै अवसरमा आयोजित अविभावक
खेलकुद कार्यत्रमका विजेताहरू, विज्ञान तथा कला प्रदर्शनीमा उत्कृष्ट स्टलह?लाई पुरस्कार वितरण भएको थियो ।

तीन दिनसम्म भएको कार्यक्रमको पहिलो दिन अविभावक खेलकुद, दोस्रो दिन विद्यार्थीहरूले तयार पारेको विज्ञान तथा कला प्रदर्शनी र तेस्रो दिन सांगीतिक साँस्कृतिक कार्यक्रम
गरेको थियो . विज्ञान तथा कला प्रदर्शनी, कक्षा नर्सरीदेखि १२ सम्म अध्ययरत विद्यार्थीह रूले बनाएका रोर्बट, मोटर, लिप्ट, स्मार्टसिटी, बोटानिकल गार्डेन प्रदर्शनी भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.