Websoft University

ओली सरकारी निवास सरे


काठमाडौँ, फागुन ८ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओली सोहुवार साँझ बाट निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ ।

साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो ।

बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्नुभएको थियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि आज प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.