अर्जुन जम्नेली राई-मोरङ, मंसिर १८ गते । रातो तारा डट कम
संविधान घोषणापछि पहिलोपटक हुन लागेको प्रतिनिधि र प्रदेशसभाको मतदान हुन अव चार दिन मात्र बाँकी छ । निर्वाचन जित्न सवै संगठनले गच्छ्या अनुसारको मिहिनेत गरिरहेका छन् ।
प्रतिष्पर्धाको नजिक रहेका दलका उमेद्वारहरुले अझै मसिनोसँग मिहिनेत गर्ने नै भए ।
यो बेला कस्को कति मत आउने हो, कस्ले जित्ने होला भन्ने जिज्ञासा झनै बढिरहेको छ । नयाँ संविधान घोषणापछि मोरङ रहेको प्रतिनिधि सभाको ६ र प्रदेश सभाको १२ मध्ये १ र ३ पूर्वी उत्तरमा पर्दछ ।
यो क्षेत्रमा संघीय समाजवादी फोरम, देशभक्त गणतान्त्रिक मोर्चा(मोहन बैद्य), नेकपा(माले), संघीय लिम्बुवान लोकतान्त्रिक मञ्च(लिम्बुवान), मंगोल नेशनल अर्गनाइजेशन, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ती आन्दोलन नेपाल लगायतका पार्टीहरु निर्वाचनको दौडानमा रहेपनि मुख्य त नेपाली कांग्रेस र वाम गठबन्धन(एमाले—माओवादी केन्द्र)वीच प्रतिष्पर्धा हने नै भए ।
जसमध्ये दुवै क्षेत्रमा प्रतिनिधि र प्रदेश सभा गरी मुख्य १२ जनाको प्रतिष्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उमेद्वारहरु प्रतिनिधिसभामा एमालेका घनश्याम खतिवडा, प्रदेश सभातर्फ १ (क)मा माओवादी केन्द्रका कुलप्रसद साम्बा, (ख)मा एमालेका उपेन्द्र घिमिरेसँग क्रमस नेपाली कांग्रेसका डिगबहादुर लिम्बू, ललित अधिकारी र ईश्वरी कोइराला भिड्दैछन् ।
पछिल्लो आध्यवधिक चुनाव स्थानीय तह निर्वाचनको वडा अध्यक्षहरुले पाएको मत परिणाम अनुसार प्रतिनिधि सभामा १० हजार ५३७ मतले वाम गठबन्धन अगाडि छ । त्यहाँ वाग गठबन्धनको ३४ हजार ३११ र कांग्रेसले २३ हजार ७७४ मत पाएका थिए । पछि थपिएको नयाँ मतदाता बाहेक गठबन्धनको तर्फबाट एमाले उमेद्वार घनश्याम खतिवडालाई जित्न कांग्रेसका डिगबहादुर लिम्बूलाई निक्कै ठूलो चुनौति देखिन्छ ।
त्यस्तैगरेर प्रदेश सभाको लागि १ (क)मा कुलबहादुर साम्बा लिम्बू, ललित अधिकारी भन्दा पाँच हजार ६७५ मतले अघि छन् । वडा अध्यक्षहरुले पाएको मतको आधारमा गठबन्धनको १७ हजार २५७ र कांग्रेसको ११ हजार ५८२ मत रहेको छ ।
क्षेत्र १ (ख) मा गठबन्धनको तर्फबाट एमालेका उपेन्द्र धिमिरे र कांग्रेसका ईश्वरी कोइरालावीच प्रतिष्पर्धा छ । त्यहा चार हाजर ८४६ मतले गठबन्धन अगाडि रहेको छ । गठबन्धनको १७ हजार ५४ र कांग्रेसको १२ हजार १९२ मत रहेको छ ।
मोरङ ३ मा प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्मावीचको मत अन्तर १९ हजार ४०७ रहेको छ ।
उक्त क्षेत्रमा वाम गठबन्धनको ३९ हजार ७४७ थियो । कांग्रेस वडा अध्यक्षहरुले पाएको मत जोड्दा २० हजार ३४० मात्र हुन्छ । क्षेत्र ३ (क)मा प्रदेश सभाको लागि वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता तिम्सिना र कांग्रेसका सुयर्माराज राई रहेका छन् । यहाँ स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठेका वडा अध्यक्षहरुको मत जोड्दा वाम गठबन्धनले १८ हजार ७४५ र नेपाली कांग्रेसले आठ हजार ६१९ मत पाएका थिए । यहाँको फरक १० हजार १२९ मत रहेको छ ।
क्षेत्र ३ (ख)मा वाम गठबन्धनले २१ हजार २ मत पाएका थिए भने कांग्रेसको ११ हजार ७२१ मत पाएका थिए । याहाँ नौ हाजर २८१ मतले वाम गठबन्धन अगाडि रहेको छ । यहाँ गठबन्धनको उमेद्वार एमालेका राजकुमार ओझा र कांग्रेसका ललितबहादुर श्रेष्ठ मैदानमा रहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि हरेक निर्वाचन क्षेत्रमा केही मतदाता थपिएका छन् । थपिएका मतदाताहरु आफ्नो बढी रहेको दुई प्रतिष्पर्धीहरुको दावि रहदै आएको छ । यही मत परिणामलाई हेरेर वाम गठबन्धनले आफ्नो पक्षको विजय सुनिश्चित रहेको दावि गर्दै आएका छन् भने कांग्रेसले भने स्थानीय तहमा खसेको मत अनुसार यो पटक नझर्ने बताउदै आएका छन् ।
Post a Comment