मिति २०७४।०८।१८ गते जिल्ला सुरक्षा समिति मोरङ्गबाट भएको निर्णयहरुः-
-१)आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर राखी मिति २०७४।०८।१८ गते बेलुकी ६ बजेदेखी मिति २०७४।०८।२१ गते बेलुकी ६ बजेसम्म मोरङ्ग जिल्लासँग जोडिएका भारतीय सीमा नाका बन्द गर्ने ।
-२)आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी मिति २०७४।०८।१८ गते बेलुकी ७ बजेदेखी मिति २०७४।०८।२१ गतेसम्म मोरङ्ग जिल्लाभर कुनैपनि प्रकारको मदिराको ओसार पसार, बेचबिखन र सेवनलाई पूर्ण रुपमा बन्द गर्ने र यस प्रावधानलाई कडाईका साथ कार्यान्वयन गराउने ।
(३)मिति २०७४।०८।२१ गते निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मको लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका सवारी साधन वाहेक सम्पूर्ण सवारी साधन (सिटी रिक्सा/रिक्सा/मोटरसाइकल समेत) को संचालनमा पूर्ण रुपमा रोक लगाउने ।
जिल्ला प्रशासन कार्यलय मोरङ
बिराटनगर ।
जिल्ला प्रशासन कार्यलय मोरङ
बिराटनगर ।
Post a Comment