Websoft University

सिंहदेवीमा नकाउट फुटबल मङ्सिर २२बाट संचालन हुने


युवराज ठकुरी/सिंहदेवी, मंसिर १८ गते । रातो तारा डट कम,
मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीमा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमाको अबसरमा नकाउट फुटबल प्रतियोगिता मङ्सिर २२गतेदेखि संचालन गरिने भएको छ।
मङ्सिरे पुर्णिामा(चासोक तङ्नाम)को अवसरमा प्रत्येक वर्षमा मेला लगाइनुका साथै साविक सिंहदेवी-७लक्ष्मी प्राविको खेलमैदानमा फुटबल प्रतियोगिता पनि गरिदै आएकाले यसवर्ष पनि त्यसै अनुरुप मेला सहित फुटबल
प्रतियोगिता १४गते देखि गर्ने योजना भए पनि प्रदेश सभा र प्रतिनिधि सभा चुनावका कारण मङ्सिर २२गते सारिएको  मङ्सिरे पुर्णिमा मेलाबजार समितिका अध्यक्ष खड्गबहादुर ठकुरीले बताए ।

खड्गबहादुर ठकुरीको अध्यक्षतामा मेला बजार
व्यवस्थापन समिति र सुमन लिङ्दमको
संयोजकत्वमा खेलकुद व्यवस्थापन समिति गठन
गरि यस वर्ष मङ्सिरे पुर्णिामामा मेलाबजार
सहित फुटबल खेलको आयोजना गरिएको सचिब कमल ठकुरीले बताए।

फुटबल प्रतियोगितामा तेस्रो हुनेलाई रु ५,०००
प्रमाणपत्र र मेडल,दोस्रो हुनेलाई रु२०,०००प्रमाणपत्र र मेडल र प्रथम हुनेलाई ३०,०००प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा राखिएको र इन्ट्री फि रु३०५१ रहेको आयोजक कमिटीका सदस्य अरुण लिङ्दमले बताए।

१७ गते मङ्सिरे पुर्णिामाका दिन देखि सुरु गरिने भएता पनि यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभा चुनावका कारण २२गते देखिनै शुरु हुने भएको छ । उक्त प्रतियोगितामा २२गते१० देखि २बजे सम्म इन्ट्री गर्ने समय रहेको आयोजकले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.