Websoft University

डाइरेक्टर मोडल काजिश श्रेष्ठ छोटो समयमानै चर्चाको शिखरमा


बिराटनगर मंसिर १८ गते । रातो तारा डट कम, 
नेपाली साँगितिक क्षेत्रमा रहरे वीगत ५ बर्ष देखि नेपाली गीत संगीतमा भिडियो निर्देशकको रुपमा सफल बन्न सफल बन्न पुगेका छन । काजिस श्रेष्ठ , भिडियो निर्देशन र अभिनयमा सुपरिचित काजिस आम स्रोता दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान कायम राख्न सफल बनेका छन ।

 आफनो बाल्यकाल देखी नै नित्य प्रति उत्पन्न भएको सोच बाट उनी आफ्नो जीवनका सम्पूर्ण भागलाई संगीतको अभिन्न भागकोरुपमा परिचित क्षेत्रमा उनी विगत २ वर्ष देखी निरन्तर रुपमा लागी परेका छन । मध्यम परिवारमा जन्मेर पनि आफनो भाग्य र साथीहरुको माया , प्रेम र हौसलाको श्रेयले उनी आजको स्थानमा आउन सफल भएको बताएका छन । कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने ! अवस्थाबाट आफु कतिपनि विचलित नभएको उनले सुनाए । 

सुरुवातका दिनहरुमा निकै कष्ट र व्यथा भोगेका उनले आफनो जिवनमा अलिकति पनि विचलित नभएर आफनो कर्ममा निरन्तर लागीपरिरहे । विभिन्न समस्याका बाबजुत पनि निरन्तर संगीतको क्षेत्रलाई आफ्नो धर्म र कर्म मान्दै अगाडी बढीरहेका छन । भिडियो निर्देशक तथा कलाकार काजिस । उनै बहुचर्चित कलाकार काजिस श्रेष्ठ संग सहकर्मि रोशन पोखरेलले गनुभएकोे संक्षिप्त कुराकानी ।


तपाईको संक्षिप्त परिचय दिनुहोस न ?
म काजिस श्रेष्ठ म्युजिक भिडियो निर्देशक तथा मोडल ।
तपाई अहिले के मा व्यस्त हुनुहुन्छ नी ?
म हिजो आज कलाकारितामा नै ब्यस्त रहेको छु , नेपाली लोक दोहोरी गितका भिडियो निर्देशनको काम र मोडलिङ पेशामा नै निरन्तर रुपमा २ वर्ष निरन्तर देखी लागी रहेको छु ।

बाल्यकाल कता र कसरी बित्यो ?
मेरो बाल्यकाल रौतहट चपुर जुडिबेला मा बितेको हो ।
तपाईंको पहिलो भिडियो कुन हो ?
मैले यस क्षेत्रमा आउनुभन्दा पहिला डान्स सिकेको थिए , सानै उमेर देखीको म मा गित संगितमा अधिक रुचिभएको मान्छे । काठमान्डौँमा आएपछि मैले शुरुको अवस्थामा लगभग ३ वर्ष जति निरन्तर रुपमा डान्स सिके , यसै सन्दर्भमा मेरो एक दिन आदर्णिय गुरु दिपेश सुव्वा ले एउटा गितको लागी अभिनय गर्नको लागी मलाई मैका दिनुभयो , छोडि गयौ भन्ने । जुन गितले गर्दा मलाई यस क्षेत्रमा आउनको लागी धेरै मद्धत गयौ ।

तपाईलाई कसले पत्यायो ?
सुरुको अवस्थामा विलकुल म नयाँ थिए , मलाई शिवन पोखरेल लगायतका निर्देशकहरुले मेरो अभिनयको कलालाई सम्मान गरेर विभिन्न म्युजिक भिडियोहरुमा आउनको लागी हौसला , प्रेरणा र साथ दिनुभयो । मैले धेरै टेलिभिजनका प्रोमोहरुमा खेल्नको लागी अवसर , साथ र सहयोग सदैब दिनुभयो । मैले २ बर्ष डान्स सिके म डान्समा अर्जुन गौतम सरलाइ धेरै मान्छु किनकी अर्जुन सर सङ्ग जब म डान्स सिक्न थाले तब मेरो पुरै डान्स लेबल नै चेन्ज भयो उहाको सिकाउले स्टाइल एकदम सरल मजा आउथ्यो ।

 मलाइ यस क्षेत्रमा ल्याउने हात समाएर यो लाइन हिड्न सिकाउने मेरो दाइ मेरो गुरु आदरणीय दाइ शिवन पोखरेल हुनुहुन्छ त्यसपछी मलाइ सपोर्ट गरेर यो लाइन अगाडि बढ्न हौसला दिनेमा महेन्द्र गौतम, निर्देशक शिव बि क मेरो मोडलिङ्ग को समयमा साथ दिनुभयो । प्रियसि म्युजिक प्रा लि को दिदी बबिता पुरी र राजेन्द्र पुरी भेनाले मलाइ डाइरेक्सनमा चान्स दिनु भयो त्यसपछी मैले पछाडी फर्केर हेर्नू परेको छैन लगातार काम पाई राको छु, डाइरेक्सन र मोड्लिङ्ग दुबै सङै अगाडि बढी राको 
छ ।

पहिलो भिडियो गर्दाको अनुभव ?
पहिलो पटक क्यामेरा फेस गर्दाको अनुभव ज्यादै कष्टकर नै थियो , शुरुमा मैले कहिल्यै पनि क्यामेरा फेस नगरेको भएर पनि होला , मनमा अलिकति डर थियो , मलाई निकै अफ्टयारो पनि महुसुस भएको थियो । शूरुको अवस्थामा मोडलिङ गर्दा निकै ठुलो पहाड आफनो टाउकोमा खसेको भान महसुस भएको थियो , त्यसैगरि जुन गितबाट अधिक मानिसहरुले मेरो अभिनयलाई सम्मान गर्नुभयो , र निरन्तर रुपमा आजको समय सम्म साथ दिनुभएको छ ।

हाल कुन कुन म्युजिक कम्पनीमा आबद्ध हुनुहुन्छ नी
अहिले मलाइ बिश्वास गरेर भैरब कालिका म्युजिक ,प्रेम सङ्गीत म्युजिक, देवि म्युजिक सोलुसन, पाल्पाली श्रीनगर म्युजिक, राधिका म्युजिक सबै भिडियो को जिम्म्मा मलाइ नै दिनु हुन्छ धेरै खुशी छु ।

विगत देखी यस अवस्था सम्म आउनको लागी को कस्को साथ रहेको छ ?
सबैले माया गर्नुहुन्छ मेरो काममा हौसला दिनुहुन्छ , मलाई यस क्षेत्रमा ल्याउनको लागी शिवन पोखरेल , शिव विश्वकर्मा , महेन्द्र गौत्तम , प्रियसी म्युजिक प्राली कि बविता श्रेष्ठ , राजेन्द्र श्रेष्ठ , मेरो हरेक काममा साथ दिने , सागर गौत्तम , अजय रेग्मी लागायतका धेरै साथीहरु हरु ह्ुनुहुन्छ ।
कति पारिश्रमिक पाउनुहुन्थ्यो एउटा म्यूजिक भिडियोको निर्देशनबाट ?
सुरुवातको अवस्थामा सोचे अनुसारको पारिश्रमिक पाइदैन थियो । कतिपय अवस्थामा मैले निशुल्क रुपमा निर्देशन गरेको अवस्था पनि छ भने कतिपय अवस्थामा जिवन चलाउनको लागी पुग्ने पारिश्रमिक पाएको छु , जसबाट निकै सन्तुष्ट पनि रहेको छु ।

पुराना दिन सम्झिँदा अहिले कस्तो लाग्छ ?
पुराना यादहरु र पुराना भोगाइले मलाई निर्देशन क्षेत्रमा अभिनय क्षेत्रमा अगाडि बढ्नको लागी सहि प्रेरणा दियो , अहिले सम्झदा पहिलेको मेहनत सपना जस्तो लाग्छ ।
अहिले किन कलाको सम्मान हुँदैन र ?
कलाको सम्मान नै छैन । नाचघरको कार्यक्रममा स्टेजमा टेक्न पाउनु नै सम्मान हुन्थ्यो । अहिले पैसाको लागि आफ्नो कला र गलालाई कुल्चिएर झुक्ने प्रवृत्ति बढ्यो । कलाकार धेरै छन् अहिले तर धेरै हुँदैमा बिग्रिएको होइन आफ्नो सम्मान आफैंले अपमानमा बदलेका छन् स्रष्टाले । पहिलेकै उपयुक्त रहेछ भन्ने लाग्छ जुन बेला सम्मानजनक आत्मीयता हुन्थ्यो । 

अहिले क्वालिटीको मान्छे पनि आएनन् जस्तो लाग्छ, क्वान्टीटीका हिसाबले पनि काम गर्न आउँछन् । नामसँग जोडिएको कामलाई ध्यान दिनु पर्छ । काममा विश्वास र पूजा गर्नुपर्छ । सानो ठूलो नभनी राम्रो गर्नुपर्छ बल्ल सम्मान पाइन्छ भन्ने लाग्छ ।
अहिले त भिडियोमा मुर्गा बनाउने चलन छ रे नि ? तपाईंले चाहिँ कतिलाई मुर्गा बनाउनुभयो ?
तपाईले भन्नुभएको जस्तो अवस्था छ जस्तो मलाई लाग्दैन , हरेक अवस्थामा र गितको भिडियो निमार्ण गर्दाको अवस्थामा हुने खर्च सोचे भन्दा बढी लाग्छ तर हाल सम्मको अवस्थामा कसैलाई पनि गलत र नाजायज फाइदा लिने उद्धेश्यले आर्थिक भार अधिक बनाउने उद्धेश्यले खर्च गराउनुपर्छ भन्ने मानसिकता म भित्र छैन ।

काजिस श्रेष्ठ निकै महंगो निर्देशक भएर बाहिर हल्ला छ नी ?
हा हा हा …….अलिक बाहिर बजारमा सुनिएको हल्ला जस्तो छैन कि जस्तो लाग्छ , मैले काम गर्दा मेरो परिश्रमको मेहनत बरावरको नै पैसा लिएको छु । गित संगितमा लागेको मान्छे सगँ कति नै पैसा हुन्छ र आपसी सम्झदारीमा मिलाएर नै गर्ने गरेको छु ।
निर्देशनसँगै मोडलिङ पनि गर्नुहुन्छ कलाकार नभेटेर हो किन आफैं पैसा लिने उद्देश्यले हो ?
सस्तो पर्ने भन्दा पनि आजकल डान्सिङ्ग गितमा सबैले मलाइ नै गर्नु भन्नू हुन्छ तेहि भएर सबैको रोजाइमा परेको ले पनि निर्देशक र मोडलिङ्ग्ग आफै गरेको हो म डाइरेक्सन र मोडलिङ्ग गर्दा २ टैको चाज राम्रै लिन्छु।

तपाईंले ब्रेक दिएका कलाकार ?
अहिले सम्म तेस्तो कसैलाइ छैन तर मैले धेरै नया हरु सङ्ग्ग पनि काम गरेको छु । जीवनमा कतिखेर चाहिँ खुशी लाग्छ ?
आफूले राम्रो काम गर्दा, प्रोडक्ट गरेको कलाकारले नाम लिँदा, सम्मान गर्दा ज्यादै खुशी लाग्छ । सम्मान भन्दैमा खुट्टा ढोग्नु पर्छ भन्ने होइन, जन्मभूमि, गुरु, मातापिताको सम्मान गर्ने संस्कार बुझेमा पुग्छ । जुन आज म यस स्थानमा छुँ । त्यो नै मेरो लागी खुशीको पल हो ।
अहिलेसम्म कामको मूल्यांकन कतिखेर भएजस्तो लाग्छ ?
निरन्तर काम गर्ने मान्छे विश्राम पनि लिँदैन, खुशी पनि हुँदैन, आत्मसन्तुष्टि लिनु ठूलो हो । मैले काम गरेर अवार्ड पाउँदैमा खुशी हुने, नपाउँदा दुःखी हुने वा कार्यक्रममा बोलाए भन्दैमा खुशी हुने पनि होइन । काममा ध्यान दिनु जरुरी छ ।

कुनै यस्तो दिन आइदिए हुन्थ्यो लागेको छ कि ?
सबैको सोचाइ ठूलो हुन्छ तर कहिल्यै यस्तो सोचेको छैन । यो यात्रा हो कहाँसम्म पुगिन्छ आफ्नो बाटो हिंडिरहन्छु । धान रोपेको भए पो यो दिन पाक्छ भन्ने हुन्छ तर यो क्षेत्रमा त्यो पनि हुन्न । अन्तिममा मैले पाउने मरन नै हो । त्यो चाहिँ पक्का छ तर अरु कुनै यस्तो दिनको आश गरेको छैन । जे पाउनु छ अगाडि पाइरहेको छु । मेरो राम्रो काम सुन्न र हेर्न पाउँ त्यो भन्दा आत्मसन्तुष्टि अरुमा मिल्दैन ।

अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , म जस्तो निर्देशकलाई समेत तपाईले यो स्थान सम्म ल्याउनको सहयोग पुयाउनुहुने सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु। नेपाली गित संगितलाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा ।
रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.