Websoft University

मोरङमा एमाले सचिवको भाषण ‘प्रचण्ड कमका खेलाडि होइनन’


मोरङ, मंसिर १८ गते । रातो तारा डट कम,
नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले देश राजनीतिका दुई कुशल खेलाडी हातमा परेको भन्दै वामपन्थीहरुले ५० बर्ष शासन गर्ने दावि गरेका छन् ।

मौन अवधि सुरुहुन केही घण्टा मात्र बाँकी रहदा आज मोरङ—३ नम्बर क्षेत्र अन्तरगत पथरीशनिश्चरे नगरको शनिश्चरे बजारमा आयोजित क्षेत्रको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । ‘केपी ओली एउटै खेलाडिहुदा त कांग्रेसलाई गोल लागउदै आएका थियो’ भट्टराईले भने ‘अहिले प्रचण्ड र ओली भएपछि कांग्रेसको किपरले गोल आएको समेत देख्न पाउने छैनन् ।’

भट्टराईले भने ‘प्रचण्ड कमका खेलाडि होइनन, हामि यतिबेला केपी ओली र प्रचण्डको क्याप्टेनशीपमा वाम गठबन्धनमा आवद्ध छौ, चाँडै पार्टी एकता हुन्छ ।’

फुटबल खेललाई राजनीतिसँग तुलना गर्दै प्रचण्ड र ओली अर्जेन्टिना, ब्राजिलमा जन्मेको भए मेसी र रोनाल्डोको जन्म नहुने तर्क गरे । मोरङ ३ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल उमेद्वार रहेका छन् । योगेश भट्टराई एमाले अखिलको केन्द्रीय अध्यक्ष हुदा ढकाल महासचिव थिए ।

भट्टराईले वाम गठबन्धनलाई जिताउन ताप्लेजुङ्गबाट पाथीभारादेविको आशिर्वाद लिएर मोरङ आएको बताएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उमेद्वार भानुभक्त ढकाल, प्रदेशसभा सदस्यका उमेद्वार गीता तिम्सिना लगायतले बोलेका थिए ।

कांग्रेस उमेद्वारको डाक्टर गिरीले काढे उछितो
सभामा नोवेल अस्पतालका संस्थापक शेयरधनी डा.ज्ञानेन्द्र गिरीले कांग्रेस उमेद्वारको उछितो काढ्दै भने ‘सुनिल शर्मा अपहारणकारी अपराधी हुन ।’

गिरीले भने ‘कांग्रेस नेता डा.शेकर कोइरालाको प्रेसरमा सुनिल शर्मालाई सुरुमा १० प्रतिशत शेयर दिनुप¥यो ।’ ‘पछि ६० प्रतिशत शेयर लिन मेरो अन्य शेयरधनीहरुको घरमा बम पढ्कायो ।’

काठमाडौं विमान्स्थलबाट हाम्रो टोलीलाई अपहरण गरेर आतंककारी सैलीमा लगेर शेयर हस्तान्त्रण गर्न बाध्य बनाएको गिरीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.