Websoft University

‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल नेपालमा शुरु’: माधवकुमार नेपाल


काठमाडौँ, कात्तिक २८ गते । रातो तारा डट कम,
 नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको वाम गठबन्धन भत्काउन विदेशी शक्ति लागिपरेको विचार व्यक्त गर्नुभएको छ ।

स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताउनुभयो ।

“पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्ति गठबन्धन तोड्न सक्रिय भएका छन्”, उहाँले भन्नुभयो, “तर हामी त्यस्ता विदेशी चलखेललाई पराजित गर्दै वाम गठबन्धनलाई जोगाउँदै पार्टी एकता गर्दछौँ ।”


भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्वय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका आवश्यक रहेको बताउनुभयो ।

भेलाले प्रतिनिधिसभामा एमालेतर्फबाट समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्व र माओवादी केन्द्रका नेता प्रकाश गौतमको सहसंयोजकत्वमा दुई हजार २२२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.