Websoft University

नेपाली काँग्रेस तेह्रथुमले चुनाव प्रचार प्रसार तथा अगुवा कार्यकर्ता प्रशिक्षणलाई तिब्रता दिदैं


तेह्रथुम, कात्तिक २७ गते । रातो तारा डट कम,
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस तेह्रथुमले चुनाव प्रचार प्रसार तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ ।

जिल्लाको आठराई गाउँपालिकाबाट सुरु भएको नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको तेस्रोदिन सोमबार मेन्छ्यायेम गाउँपालिकास्तरीय चुनाव प्रचार प्रसार तथा अगुवा कार्यकर्ता प्रशिक्षण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री एवम् प्रतिनिधि सभा सदस्यकी उम्मेदवार सीता गुरुङले लोकतन्त्रको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

जिल्लाको विकास निर्माण, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा नेपाली कांग्रेसको नेतृत्वले भूमिका खेलेको भन्दै नेतृ गुरुङले महिला र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा–२ का उम्मेदवार प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले मेन्छ्यायेम गाउँपालिकासँग प्रशस्तै प्राकृतिक श्रोत र साधन भएको भन्दै तिनको उचित व्यवस्थापनको खाँचो भएको औल्याउनुभयो ।

उहाँले जिल्लाको विकास र समृद्धिका लागि आफुले शिक्षासेवा सँगै राजनीति रोजेको बताउनुभयो । कार्यक्रममा पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, पार्टी सचिव सन्तोष सुब्बा लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा नेपाली कांग्रेसले देउबहादुर लिम्बुको संयोजकत्वमा मेन्छ्यायेम गाउँपालिका स्तरीय चुनाव प्रचार प्रसार समिति तथा विभिन्न उपसमितिहरु समेत गठन गरेको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.