Websoft University

सुनिल शर्माले ‘चटक’ देखाइरहेका छन्ः ढकाल (अस्पतालका अगाडिका सुकुम्बासी र दलितहरुले उपचार नपाउने तर, निर्वाचन प्रभावित पार्नका लागि ३ नम्बर क्षेत्रबाट बिरामी ओसार्ने चटकक काम धेरै टिक्दैन)


विराटनगर, कार्तिक २९ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नम्बर ३ मा बाम गठन्धनकाबाट प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले प्रतिस्पर्धी सुनिल शर्माले आफ्नो क्षेत्रमा चटक देखाइरहेको कुरा बेलबारीमा हिजो बताउनु भएको हो ।

एमालेका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका ढकालले सोही क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार बनेका सुनिल शर्माले कुनै विचार र एजेण्डा नभएको कारण चटक देखाइरहेको भन्दै त्यो नटिक्ने दाबी गर्नुभयो ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले मंगलबार मोरङको बेलबारीमा गरेको पत्रकारसँग उम्मेदवार विषयक कार्यक्रममा नेता ढकालले खाली मैदानमा शर्माले देखाएको चटक आफूहरु गाउँगाउँमा एजेण्डासहितको चुनाबी कार्यक्रम लिएर गएपछि धेरै नटिक्ने बताउनुभएको हो ।

‘आफ्नो अनुहारले नपुगेपछि र कुनै एजेण्डा मतदाता प्रभावित पार्न स्वास्थ्य शिविरका नाममा नोबेल अस्पताललाई मोहरा बनाइएको छ,’ ढकालले भन्नुभयो, ‘अस्पतालका अगाडिका सुकुम्बासी र दलितहरुले उपचार नपाउने तर, निर्वाचन प्रभावित पार्नका लागि ३ नम्बर क्षेत्रबाट बिरामी ओसार्ने चटक धेरै टिक्दैन ।’

क्षेत्रमा शर्माको धेरै चर्चा भएको भन्ने पत्रकारको प्रश्नमा ढकालले हाटबजारमा इमान्दारीसाथ शब्जी बेच्ने ब्यापारी भन्दा बाँदरको भेषमा आउने चकटेको वरिपरी केही समय भिड देखिने बताउनुभयो । ‘चटकको भिडले केही समयको लागि मनोरञ्जन दिन्छ, तर जनतको आवश्यकता पुरा गर्दैन’ ढकालले भन्नुभयो, ‘देशको आर्थिक समृद्धि र विकासका लागि एजेण्डासहितम बामगठबन्धन आएपछि एजेण्डा नभएकाहरुले चटक देखाएर जनता झुक्याउन खोजिरहेका छन् ।’

ढकालले ३ नम्बर क्षेत्रमा पर्ने पूर्वाञ्चल विश्वविद्यालयमार्फत सञ्चालन हुन लागेको मेडिकल कलेजलाई धरासायी बनाउने उद्देश्यसहित क्षेत्रमा माफियाहरु सक्रिय रहेको दावी गर्नुभयो । ‘पूर्वाञ्चल विश्वविद्यालयको संरचना रहेको गोठगाउँमा मेडिकल कलेज खोल्न नदिनेहरुले गाडीमा मान्छे ओसारेर चुनाव जित्ने प्रपञ्च गरेका छन्,’ ढकालले भन्नुभयो, ‘मेडिकल माफिया र गैरराजनीतिक मान्छेहरुको चलखेललाई परास्त गरेर मेडिकल कलेज सञ्चालन गर्नेछौं ।’

विपक्षी उम्मेदवारले आचारसंहिता विपरित गरिब र सुकुम्बासीको बस्तीमा पसेर भोज खुवाउने र पैसा वितरण गर्ने काम गरिरहेको भन्दै ढकालले यस्ता अराजनीतिक हर्कत गर्नेलाई जनताले परास्त गर्ने दावी गर्नुभयो । आफ्नो क्षेत्रका मतदाता सचेत रहेको भन्दै उहाँले दर्जनौं गाडीमा १४÷१५ वर्षका केटाकेटी यतादेखि उता ओसारेर पार्टी प्रवेशको चकट देखाएको भरमा जनताको मत प्राप्त नहुने उहाँको भनाइ
थियो । आफुमाथि लागेको ‘पाहुना उम्मेदवार’को आरोपको प्रतिवाद गर्दै ढकालले मुलुकको संविधान र कानुन अनुसार कोही पनि नागरिक कुनैपनि क्षेत्रको उम्मेदवार बन्दा पाहुना नहुने जिकिर गर्नुभयो ।

आफु राजनीतिक सक्रियताको कारण काठमाडौंमा रहेपनि सुन्दरहरैचामा आफ्नो दाजुभाउजुको घर र आफ्नो जमिन रहेको दावी गर्दै उहाँले शर्मालाई नै राजनीतिका पाहुनाको संज्ञा दिनुभयो । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ३ (क) की उम्मेदवार गीता तिम्सिनाले जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने, रमाइलो र पथरी क्याम्पसलाई उत्कृष्ट बनाउने, सरकारी विद्यालयको स्तरउन्नतीका लागि काम गर्ने, कृषिको आधुनिकीकरण र विकासका लागि पहल गर्ने, कृषि सडक तथा पूर्वाधार निर्माणमा जोड दिने बताउनु भयो ।

आफूले जितेर गएपछि महिलाहरुको हक अधिकारका लागि पनि आफू लाग्ने बताउँदै तिम्सिनाले गरिवी निवारण र भूमिहिन किसान र सुकुम्बासीका लागि जग्गाको व्यवस्थापन गर्ने, खोला किनारका बस्तीको उचित व्यवस्थापन गरिने र नदि तथा खोला कटान नियन्त्रणका लागि बाँध निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।

यस्तै क्षेत्र नम्बर ३ (ख)का उम्मेद्वार राजकुमार ओझाले पूर्वाञ्चल विश्वविद्यालय संचालनको पहल गरिने, ४ कोशे जंगलको उचित व्यवस्थापन, विभिन्न जातिको जातीय संग्रहालय स्थापना गर्ने लगायतका योजना रहेको जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.