Websoft University

आमोदको किल्ला तोडियो, मिनेन्द्र रिजालको जमिन्दारी टिक्ला र ! : ऋषिकेश पोखरेल


विराटनगर, कार्तिक २९ गते । रातो तारा डट कम,
मोरङ क्षेत्र नम्बर २ को बाम गठन्धनका तर्फका प्रतिनिधिसभाका उम्मेदवार ऋषिकेश पोखरेलले कांग्रेस नेता मिनेन्द्र रिजालको जमिन्दारीलाई पराजित गर्ने बताएका छन ।
(अम्बर दहमा हिजो विभिन्न पाटी छाडेर एमालेमा तथा बाम मोर्चामा प्रबेस पछि सयुक्त फोटो खिचाउदै ऋषिके पोखरे,
 लीला बल्भ, गणेश कमरेड हरू..)

रिजाल कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार हुन् । ‘२२ वर्ष अघिको आमोदप्रसाद उपाध्यायको किल्ला तोडियो,’ पोखरेलले भने, ‘अर्का जमिन्दार मिनेन्द्र रिजाल आएर यहाँको जनताले राम्रो संग बिदाइ गर्नेछ । निर्वाचन पछि नेपाली कांग्रेसको इहास यहाबाट पनि सकिन्छ ।’ पोखरेलले कांग्रेसले जितेको २२ वर्षमा केही गर्न नसकेको बताउँदै आफूले ५ वर्षको अवधिमा थुप्रै काम गरेको फेहरिस्त नै हिजो अम्बरदहमा भएको कार्यक्रममा  सुनाउनु भयो ।

त्यसैगरी चुनावी रणनीतिक कुराहरूकै बारेमा गणेश उप्रेती सुशील, अधिवक्ता तथा उम्मेदवार लीलाबल्भब अधिकारीले
अम्बर दहमा भएको चुनावी सभामा बोल्नु  भएको थियो ।
मिनेन्द्र रिजालप्रति संकेत गर्दै पोखरेलले निर्वाचन जित्नका लागि देश लुट्नेहरुले पैसा बाँडिरहेको बताए । ‘देश लुटेर पैसा बाँड्दै गरेको हामीले सुनेका छौं,’ पोखरेलले भने, ‘जनताको काम गर्ने बेला मोज मस्तीमा रम्नेहरु काहाँ थिए ?’

प्रेस चौतारी मोरङ र प्रेस सेन्टरले मोरङको अमरदहमा गरेको पत्रकारसँग उम्मेदवार कार्यक्रममा बोल्दै पोखरेलले आफूले जितेको क्षेत्रमा कार्यकालभरिमा कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, प्राविधिक विश्वविद्यालय निर्माण, यातायातको समुचित विकास, सुकुमबासीको व्यवस्थापन, रतुवा, बक्राहा, चिसाङ र डाँठ खोला नियन्त्रणका लागि बाँध निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

यस्तै २ नम्बर क्षेत्र (क)का उम्मेदवार गणेश उप्रेती सुशीलले बेरोजगारी समस्या हल गर्न स्वरोजगार अभियान सञ्चालन गर्ने, प्रत्येक वडामा मल, बिऊ अनुदान, सिंचाईको व्यवस्थापन गर्ने आफ्नो योजना रहेको बताए । यस्तै सुकुमबासीलाई जग्गाको मालिक बनाउन भूमिको सही व्यवस्थापन गर्ने, प्रत्येक वडाका स्वास्थ्यकेन्द्रको निर्माण र सेवा पु¥याउने, मदन भण्डारी र विपीको स्मरणका लागि वृहत संग्रहालयको स्थापना गर्ने बताए ।

कार्यक्रममा २ नम्बर प्रदेश क्षेत्र (ख)का उम्मेदवार लिलाबल्लभ अधिकारीले आफू स्थानीय भएका कारण चुनाव जित्ने बताए । ‘प्रत्येक जनताको सुख दुःखमा मेरो साथ रहने छ,’ अधिकारीले भने, ‘सुकुमबासी, आदिवासी जनजाति, उत्पीडित जनताको सुख, दुःख मलाई थाहा छ, उहाँहरुको समस्या समाधानमा मेरो ध्यान जानेछ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.